पाउलो ड्याबलाको फुटबल यात्राः ‘आज उनको तुलना लियोनल मेस्सीसँग हुन्छ’

  • सोमबार, १८ भदौ, २०७५
  • 2 months ago
  • खेल

एजेन्सी । इटालियन फुटबलमा पछिल्लो पटक निकै चर्चित नाम हो पाउलो ड्याबला । उनलाई कतिले ‘लियोनल मेस्सी’ सँग पनि तुलना गर्छन् । उनको खेल्ने शैली पनि केही हदसम्म लियोनल मेस्सीसँग मिल्ने गर्छ । युभेन्ट्स क्लबमा आएपछि आफ्नो सानदार खेलमा क्रमशः विकास गरे । टिममा प्रशिक्षकको पहिलो रोजाइको खेलाडी बन्नु पनि महत्वपुर्ण उपलब्धी मानिन्छ । सानो उमेरदेखि नै कडा मेहनत गर्ने उनले  प्रशिक्षकहरुलाई पनि आफ्नो खेल्ने शैलीले रिजाउन सके । 

 

मध्यम परिवारमा हुर्केका उनको जन्म सन् १९९३, नोभेम्बर १५ भएको थियो । उनी यस संसारमा आउनु अघि नै उनको पिता एडोल्फ ड्याबलाले भविष्यवाणी गरेका थिए कि उनको सन्तान चर्चित फुटबल खेलाडी बन्नेछ । 

 

यस अघि उनका तीन सन्तान जन्मिसकेका थिए । उनले भनेका थिए,‘मेरो एक सन्तान एउटा उदेश्यका साथ जन्मिनेछ । फुटबल खेल्नका लागि’

 

पिताको भविष्यवाणीको सार्थकता तब मिल्यो जब पाउलोले सानो उमेरमा नै फुटबलप्रति अत्याधिक रुची देखाउन सुरु गरे । उनलाई फुटबल खेलाडी बनाउन एडोल्फले कडा मेहनत गर्दै पैसाको जोहो गर्न थाले । फुटबल ट्रेनिङका लागि आवश्यक पर्ने सबै सामाग्रीहरु उनले जुटाउन हरसम्भव प्रयास गरे । 

 

उनले कमाएको ठुलो धनराशी पाउलोमाथि खन्याए । उनले आफ्नो भविष्यवाणी सही भएको देखाउनुभन्दा पनि पाउलोको सपना साकार पार्न संघर्ष गरे ।  

 

पाउलोले एक मिडिया अन्तर्वार्तामा भनेका थिए,‘मेरो बुबाले मेरो साथ कहिल्यै छोड्नु भएन । म बाल्यकाल छँदा उहाँले सधै ट्रेनिङ गराउन लैजानुहुन्थ्यो । मलाई खेल्ने पर्याप्त समय नदिदाँ म बाथरुममा बसेर रुने गर्थे ।’

 

जब उनलाई आफ्नो बुबाको अत्यन्त मदतको आवश्यकता थियो तब नै पिताको मृत्युको पिडा उनले सहन पर्यो । सन् २००८ सेप्टेम्बरमा क्यानसरका कारण एडोल्फको मृत्यु हुनपुग्यो । उनी आज पनि ति दिनहरुलाई सम्झेर रुने गर्छन् । 

 

उनको परिवारको पुस्ता पोल्याण्डको क्रासनिओ गाउँबाट थिए । आज उनको परिवार अर्जेन्टिनामा बसिरहेका छन् । दोस्रो विश्वयुद्धताका उनको हजुरबुबा बोरसअ ड्याबाला जो पोल्याण्ड जन्मिएका थिए, अर्जेन्टिना भागेका थिए । नाजीहरुले क्रासनिओ गाउँलाई आफ्नो अधिन बनाएपछि उनी भागेका थिए । उनको हुजुरआमा भने इटालियन हुन् । डा मिसाका पुस्ताहरु इटालीमा रहेका छन् । पाउलोले सन् २०१२ को अगस्टमा इटालीको नागरकिता लिएका थिए ।  उनी पोल्याण्ड, इटाली, अर्जेन्टिना जुन देशबाट पनि खेल्न सक्ने अधिकार रहेको छ । 

 

पाउलोको जेठो दाई गुस्टाबो ड्याबलाले फुटबल खेल्ने इच्छा देखाएका थिए । उनले केही समय फुटबल खेलेपनि तर निरन्तरता भने दिन सकेनन् । 

 

हाल उनी आफ्नो बिजनेशमा नै व्यस्त रहेका छन् ।  उनको माइलो दाइ मारियानो ड्याबाला जिमनेस्टीकका खेलाडी हुन् । 

 

पाउलोको प्रेमकथा

एन्टोनेला काभालेइरी र पाउलोको प्रेम सम्बन्ध सामाजिक सञ्जालका कारण अत्यन्त चर्चामा रह्यो । एन्टोनेलासँग सम्बन्ध तब चर्चामा आयो जब पाउलो युभेन्ट्स क्लबमा आएपछि चर्चामा रहे ।

 

यी अर्जेन्टाइन सुन्दरीको इन्स्टाग्राममा २८० हजार फलोर्सहरु रहेका छन् । सन् २०१५ मा उनीहरुको लब अफयेर्सबारे खुलासा भएको थियो । 

 

पाउलोलाई ग्यालिडिएटर फिल्म अत्यन्त मनपर्छ । उनले यो फिल्म ३० पटकभन्दा बढी हेरेका छन् । यस फिल्ममा रहेका सम्वादका कारण पनि उनी यो फिल्म दोहोराएर हेर्ने गर्छन् । 

 

स्कुल तथा कलेजहरुमा उनले साना लिगहरुमा आफ्नो कमाल देखाइसकेका छन् । सन् २०१० पछि भने उनले व्यवसायिक फुटबल खेल सुरु गरेका थिए । उनले पहिलो सिजनमा नै प्रमुख स्टाइकरमा स्थान पाए । उनको चर्चा पुरै अर्जेन्टिना भरि हुन थालेपछि युरोपका प्रतिष्ठित क्लबले उनलाई आफ्नो क्लबमा भित्राउन ठुलै प्रयास गरे । अन्तत उनले युभेन्ट्स जाने निर्णय गरे । 

 

उनी नयाँ म्याजिकल मेस्सी भएको चर्चा चौतर्फी चल्न थाल्यो । उनी इटालीमा बस्न चाहेको इच्छाले पनि युभेन्ट्समा उनको आकर्षण बढ्यो । रियल मड्रिडले उनलाई अनुबन्ध हरसम्भव प्रयास गरेको थियो । तर, उनले युभेन्ट्स जान चाहेको कारण अन्य क्लब निराश भए । 

 

पाउल पोग्वाले युभेन्ट्स छाडेपछि उनलाई क्लबले १० नम्बर जर्सी दिएको थियो । 

 

युभेन्ट्समा हाल विश्वस्तीय खेलाडीहरु मारियो माण्डुजकी, हिगुइन जस्ता चर्चित स्टाइकरसँग उनी प्रतिस्पर्धा गरिरहेका छन् । केही समय अगाडि उनी बार्सिलोना जाने हल्ला पनि चलेको थियो । तर, क्लबले बेच्न मानेन । उनले सानो समयमा गरेको यो प्रगतिले पनि फुटबल विश्लेषकहरुलाई अचम्मित बनाएको छ । अब उनको यात्रा कुन फुटबल क्लबमा हुनेछ धेरैको चासोको विषय बनेको छ  । युभेन्ट्स आएपछि उनले लिग उपाधिका साथ अन्य कप उपाधिहरु जित्न सफल भएका छन् ।  

 


थप समाचार

हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

  • 35 minutes ago
हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थालाई निरन्तर रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्दै आएका समाजसेवीहरुलाई आउंदो २ वर्षको

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

  • 4 hours ago
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

  • 4 hours ago
नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

काठमाडौँ । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेस



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।