वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

पुन:निर्माणलाई चाहिएकाे ९ खर्ब, सम्झाैता भएकाे २ खर्ब ६० अर्ब

सांकेतिक तस्वीर

काठमाडौँ । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ । 

 

नेपालको सामाजिक–आर्थिक विकासका द्विपक्षीय एवं बहुपक्षीय साझेदारले अघिल्लो आर्थिक वर्षमा अधिक सहायता परिचालन गरेकाे र त्यो आ.व. २०७३/७४ को तुलनामा १६ प्रतिशतले बढेको छ । 

 

त्यसैगरी अघिल्लो आ.व.को तुलनामा ऋण सहायतामा वृद्धि भएको छ भने प्राविधिक सहयोगमा केही कमी आएको छ । साथै सरकारले वैदेशिक सहयोग परिचालनमा पूर्ण पारदर्शिता अपनाउने विषयलाई मूलमन्त्रका रूपमा लिएको छ । 

 

दातृ निकायलाई उनीहरूका प्राथमिकताअनुसार खर्च गर्न खोज्ने प्रवृत्तिको अन्त्य गर्दै नेपाल सरकारका विकासका प्राथमिकतामा सघाउन र राष्ट्रिय बजेट प्रणालीमा आउन सरकारले विशेष जोड दिएको छ । 

 

नेपालको विकासका साझेदारले आव २०७४/७५ मा एक अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर बराबरको विकास सहायता परिचालन गरेका थिए भने आव २०७३/७४ मा वैदेशिक सहायता एक अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलरमा सीमित भएको थियो । 

 

बहुपक्षीय साझेदार विश्व बैंक र द्विपक्षीय साझेदार संयुक्त अधिराज्यबाट सर्वाधिक सहायता जुटेको अर्थमन्त्री युवराज खतिवडा बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत उपलब्ध हुने रकम भने घटेको छ । 

 

आ.व. २०७३/७४ मा १८ करोड ६५ लाख ३० हजार अमेरिकी डलर परिचालन भएकामा गत आवमा ११ करोड तीन लाख अमेरिकी डलरमात्र प्राप्त भएको छ । 

 

‘कुल वैदेशिक सहायता रकममा ऋण सहायताको अंश ५०.५ प्रतिशत, अनुदान सहायताको ३५.१ प्रतिशत र प्राविधिक सहयोगको मात्रा १४.४ प्रतिशत रह्यो', अघिल्लो आ.व.को प्रगति आँकडा प्रस्तुत गर्दै उनी भन्छन् । 

 

सरकारले प्राप्त गर्ने वैदेशिक सहायताको परिचालनमा पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यले बितेका आठ वर्षदेखि अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाले प्रकाशन गर्दै आएको विकास प्रतिवेदन सार्वजनिक गरेपछि उनले भूकम्पपछिको पुनःनिर्माणका निम्ति कबोल गरेअनुरूपको रकम भने प्राप्त नभएको बताए । 

 

‘हामीलाई रु. नौ खर्ब चाहिने हो, किफायतका साथ काम गर्दा रु. सात खर्ब नभइ नहुने रकम हो, तर रु. दुई खर्ब ६० अर्बको मात्र सम्झौता भएको छ’, दातृ राष्ट्रले पुनः निर्माणमा उनीहरूका उत्पादनको उपयोग र परामर्शदातासमेत नियुक्त गर्न खोजेकाले प्रतिबद्धताअनुसारको रकम प्राप्त हुन नसकेको आशङ्का व्यक्त गर्दै उनले भने । 

 

प्रतिवेदनअनुसार दातृ नियकायबाट प्राप्त सहयोगमध्ये ७८ प्रतिशत राष्ट्रिय बजेट प्रणालीमार्फत प्राप्त भएको छ भने २२ प्रतिशत सहायता राशि उक्त प्रणाली बाहिरबाट भएको छ । 

 

परिचालित सहायतामध्ये ४५ प्रतिशत अर्थात् लैङ्गिक उत्प्रेरणासम्बन्धी कार्यक्रमका लागि ७२ करोड ७० लाख अमेरिकी डलर प्राप्त भएको छ । 

 

बहुपक्षीय विकास साझेदारमध्ये विश्व बैंक समूहले सबैभन्दा बढी ५३ करोड ३५ लाख अमेरिकी डलर प्रवाह गर्‍यो भने एशियाली विकास बैंकले २९ करोड १७ लाख, युरोपेली सङ्घबाट ११ करोड ७८ लाख, संयुक्त राष्ट्रसङ्घ समूहबाट छ करोड ५६ लाख र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको एक करोड ५८ लाख अमेरिकी डलर प्राप्त भएको छ । 

 

त्यसैगरी द्विपक्षीय विकास साझेदारमध्ये सबैभन्दा बढी संयुक्त अधिराज्यबाट १२ करोड ३९ लाख अमेरिकी डलर प्राप्त भएको छ भने त्यसपछि अधिक सहायता परिचालन गर्नेमा अमेरिका, जापान, चीन र भारत छन् ।


थप समाचार

डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

  • 5 minutes ago
डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

  • 11 minutes ago
विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

एजेन्सी । मेक्सिकोको लस क्यावस सहर विश्वकै असुरक्षित सहरका रुपमा परिचीत रहेको छ ।

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

  • 35 minutes ago
नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।