साउदीबाट ६ वर्षमा पनि अाउन सकेन भद्रशीलाकाे शव

सांकेतिक तस्वीर

भद्रपुर । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको ६ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । 

 

पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी थिइन् । साउदी अरबमै २०६९ पुस ३० गते उनको मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताए । 

 

त्यसबेला साउदी अरबकै अस्पतालमा काम गर्ने एक नेपालीले भद्रशीलाको शव पहिचान गरेर उनका छोरा नीरजलाई फोनमार्फत खबर दिएका थिए । ६ वर्षपछि यहि मङ्सिर १ गते आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि शव बुझ्न काठमाडौँ गएका नीरज निराश भएर आज घर फर्किए । 

 

अन्तिम समयमा शव ल्याउने कार्य रद्द भएको खबर काठमाडौँको त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलायन्सको कार्यालयले जानकारी दिएको नीरजले बताए । 

 

‘आमाको शव मङ्सिर ३ गते साँझ ८ बजे इत्तेहाद एयरलायन्समार्फत साउदी अरबबाट काठमाडौँ ल्याइने पूर्व निर्धारित कार्यक्रम थियो तर अन्तिम समयमा शव ल्याउने कार्य स्थगित भएको एयरलायन्सको काठमाडौँ कार्यालयले बतायो’, श्रेष्ठले भने । 

 

एयरलायन्सले शव नआउनुको खास कारण भने थाहा नभएको जनाएको श्रेष्ठ बताउँछन् । भद्रशीलाको ५ वर्षसम्म सास न लाशको अवस्थाले श्रेष्ठ परिवार चिन्तित छ । 

 

मृत्यु भएको खबर आएलगत्तै छोरा नीरजले विभिन्न सरकारी निकाय गुहारेर शव ल्याउन पहल गरेका थिए तर त्यसबेला कसैगरी शव आउन सकेन । मृतक भद्रशीलाका दुई छोरा नीरज र सरोज छन् भने एक छोरी निशा श्रेष्ठ छन् । 

 

नीरज गाउँमै सानो पसल चलाएर गुजारा चलाउँछन् भने सरोज वैदेशिक रोजगारीका लागि हालै कतार पुगेका छन् । भद्रशीला कुन मेनपावर कम्पनी वा एजेन्टमार्फत वैदेशिक रोजगारीमा गएकी थिइन् भन्नेसमेत छोराछोरीलाई जानकारी छैन । 

 

घरेलु कामदारको रूपमा साउदीमा कार्यरत भद्रशीलाले शुरुमा रु. २४ हजार नगद पठाएको र त्यसपश्चात् चार वर्षसम्म सम्पर्कविहीन भएको छोरा नीरजले बताए । लामो समय सम्पर्कविहीन रहेकै अवस्थामा भद्रशीलाको मृत्यु भई अस्पतालमा शव राखिएको भन्ने खबर आएको हो । 

 

श्रेष्ठ परिवारले शव ल्याउन पहल गरिदिन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । नीरजले परराष्ट्र मन्त्रालयमा समेत शव ल्याउने व्यवस्था मिलाइदिनका लागि निवेदन दिएको बताए । 

 

‘हामी सानै थियौँ, बुबा बित्नु भएपछि नागरिकता र राहदानी सबै लिएर विदेश जानुभएको रहेछ’, शव नआएपछि निराश बनेका जेठा छोरा नीरज भन्छन्, ‘शव ल्याउन सरकारले नै पहल गरिदिन अनुरोध गर्दछु ।’ 


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 6 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 6 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 6 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।