IIMS College

ISMT

HUB Education

मलेसियाकाे जेलमा मनबहादुर नेपाली, परिवारलाई न रातमा निद्रा न दिनमा भोक

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पाल्पा । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएका छन् ।

 

६ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेसिया पुगे ।

 

परिवारको मीठो सपना बोकेर विदेश जानुभएका नेपाली दुई वर्षदेखि त्यहाँको जेल जीवन बिताइरहेका छन् । घरपरिवार, छोराछोरीको भविष्य बोकेर मलेसिया पुगेका नेपाली गएको वर्ष दिनमा नै जेल जीवन बिताउन बाध्य भए । 

 

उनी विदेश गएपछि परिवारमा एक किसिमको खुशियाली छायो । एक वर्षभित्रै उनले विदेश जाँदा लागेको ऋण चुक्ता गरिसकेका थिए । ऋण सकिएपछि घरखर्च, परिवारको खुशीका निम्ति कमाएर केही वर्षमा नै स्वदेश फर्कने योजना बनाउँदै आएका नेपाली जेल जीवन बिताउन बाध्य भए ।

 

श्रीमान् विदेशको जेलमा छन्, परिवारमा आयस्रोत नहुँदा दैनिक गुजारा चलाउन जमुनालाई निकै समस्या छ । मजदूरी गरेर दैनिक रु ५०० बुझेको ज्यालाबाट घरखर्च, छोराछोरीको पढाई खर्च चलाउनुपर्ने बाध्यता छ ।

 

‘छोराछोरी सानै छन्, कमाउन जानुभएका श्रीमान् जेलमा पर्नुभयो, मजदूरी नगरेसम्म साँझ बिहान चुल्होमा आगो बल्दैन’, उनले भने । श्रीमानलाई जेलबाट निकाल्न कहीँकतैबाट पहल नहुँदा कति समयसम्म जेल जीवन बिताउनुपर्ने हो पत्तो नभएको उनको गुनासो छ ।

 

‘श्रीमानले कसरी के कारणले भनेर सोध्दा केही बताउनु हुँदैन, जेलमा बसेको एक वर्षपछि मात्र परिवारमा खबर भयो, न रातमा निद्रा न दिनमा भोक लागेको जस्तै भएको छ’, उनले दुःखेसो पोखे ।

 

परिवारमा शिक्षित व्यक्ति नहुनु, आयस्रोत अत्यन्तै न्यून रहँदा उनको परिवारमा चिन्ता छाएको छ । छोरो जेलमा छ भनेको सुनेपछि ६० वर्षीया आमा पवित्रा नेपालीको आँखामा आँशु रोकिएको छैन । घरमा पुग्ने जो कोही, छिमेकी, आफन्त देख्नेबित्तिकै छोरालाई नेपाल झिकाउने व्यवस्था गर्न आग्रह गर्छिन् ।

 

‘उमेर ढल्कँदै गएको छ, छोराको पिरैपिरले बिरामी पर्न थालेको छु, धन कमाउन छोरो विदेश गयोभन्दा मनमा खुशी छाएको थियो, अहिले धन कमाउन त परै जाओस् अर्काको देशमा जेलमा छ भनेको सुन्दा मनमा पिरको भारीले थिचिरहेको छ’, उनले बिलौना गर्दै भनिन् । छोराछोरी घरको आँगनमा कोही नयाँ व्यक्ति पुग्नै हुदैन, बाबा आउनुभयो भन्दै बाहिर निस्कन्छन् ।

 

मनबहादुर नेपाली त एक उदाहरणीय पात्र मात्र हो । उनीजस्तै धेरै नेपालीले यो समस्या भोगिरहेका छन् । बेरोजगारी समस्याले धन कमाउन खाडी मुलुकमा ऋण खोजेर जाने युवाले सोही रकम गाउँमै लगानी गरेर कमाउन सकिन्छ । (रासस)


थप समाचार

जापानमा डुङ्गा दुर्घटना

  • 1 minute ago
जापानमा डुङ्गा दुर्घटना

टोकियो । जापानको उत्तरी भेगको समुद्री क्षेत्रमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । दुर्घटनाग्रस्त उक्त डुङ्गामा रहेका अरु सात जना बेपत्ता छन् ।

वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

  • 39 minutes ago
वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

एजेन्सी । बलिउडमा लामो समय आफ्नो कला देखाइसकेका अभिनेता तथा अभिनेत्रीहरुले बलिउडमा आफ्नो एउटा परिचय बनाइसकेका छन् । बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जसको उमेर एउटै रहेको छ ।

अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

  • 43 minutes ago
अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारको लागि अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गर्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका हुन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस समयमा महिलाले आफ्नो शरीरको विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यसका लागि महिलाले विभिन्न उपायहरु अपनाउन सक्छन् ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।