IIMS College

ISMT

HUB Education

डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

न्यूयोर्क । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । यो सम्झौतासँगै फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”, “स्टार वार्स” र “डा। स्ट्रेन्ज” अब एकै कर्पोरेट छानामुनि आउने छन् । 

 

यो सम्झौताले विश्व मिडिया परिदृश्यमै हलचल ल्याउने छ । सम्झौतापछि डिज्नेलाई आफ्नै स्ट्रिमिङ सेवा डिज्ने प्लस यसै वर्षको अन्त्यतिर आरम्भ गर्न बाटो खुलेको छ । 

 

साथै सम्झौताले हजारौं कर्मचारी कटौतीमा पर्ने खतरा बढाएको छ । फक्स र डिज्नेमा कार्यरत फिल्म उत्पादक कर्मचारीहरुको ठूलो संख्या कटौतीमा पर्नेछ । 

 

डिज्नेले फक्स इन्टरटेनमेन्ट खरिद गर्नुको मुख्य उद्देश्य नै अमेजन र नेटफ्क्सि जस्ता कम्पनीबाट सिर्जना भइरहेको बढ्दो चुनौतीलाई सामना गर्नु हो । 

 

डिज्नेले यसअघि नै डिज्ने कार्टुन सेवा प्रशारण गरिरहेको छ । फक्सका उत्पादनलाई आफूमा गाभेसँगै फक्सका महत्वपूर्ण कार्यक्रम र नेसनल जियोग्राफिकको प्रशारण एकाधिकार प्राप्त हुनेछ । 

 

डिज्नेका प्रमुख कार्यकारी बब आइगरले गत फेब्रुअरीमै डिज्ने प्लस र उपभोक्तासँग सोझै जोडिएका व्यवसायहरु डिज्नेको नं। १ प्राथमिकतामा रहने बताउनुभएको थियो । 

 

केबल र टेलिकम कम्पनीहरुले बदलिँदो मिडिया परिदृश्यमा प्रतिस्पर्धी क्षमता बढाउन टिभी शो र सिनेमा बनाउने कम्पनीहरु नै खरिद गर्न थालेका छन् । एटी एन्ड टी, कमकास्ट जस्ता विशाल इन्टरनेट प्रदायकहरु समेत अमेजन, युट्युब र नेटफ्लिक्सका सेवाबाट त्रसित हुन थालिसकेका छन् । 

 

एटी एन्ड टीले गत वर्ष ८१ अर्ब डलरमा टाइम वार्नर कम्पनी खरिद गरिसकेको छ भने आफ्नै स्ट्रिमिङ टेलिभिजन सेवा प्रशारण गर्न थालेको छ । टाइम वार्नरका च्यानलहरु टीबीएस र टीएनटीलाई अमेरिकी ग्राहकलाई प्रति महिना १५ अमेरिकी डलरमा बिक्री गरिएको छ । 


थप समाचार

कोराना भाइरसको थप सङ्क्रमण सङ्ख्या ८० प्रतिशतले घटेको दाबी

  • 2 minutes ago
कोराना भाइरसको थप सङ्क्रमण सङ्ख्या ८० प्रतिशतले घटेको दाबी

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् ।

‘ट्रम्प सर तपाई मेरो भगवान हो’

  • 14 minutes ago
‘ट्रम्प सर तपाई मेरो भगवान हो’

एजेन्सी । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनपछि भारतको भ्रमण गर्दैछन् । फेब्रुअरी २४ मा पत्नी मेलिनियासँगै दुई दिने भारत भ्रमणमा आउन लागेका ट्रम्पको स्वागतमा भारत सरकारमात्रै होइन सर्वसाधरणह

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

  • 35 minutes ago
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

एजेन्सी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले ब



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।