रसिया विश्वकपको उपाधि जित्न फ्रान्स तयार !

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 5 months ago
  • खेल

फ्रान्सलाई रसिया विश्वकपको दावेदारमध्येको एक राष्ट्रको रुपमा हेरिएको छ । स्टार युवा खेलाडीहरुले भरिएको फ्रान्सको टिमलाई प्रशिक्षक डिडियर डेसच्याम्पसले ब्यालेन्स बनाएका छन् ।

 

फ्रान्सले विश्वकप फुटबलमा सधैं दमदार प्रदर्शन गर्दै आएको छ । तर, अहिलेसम्म फ्रान्सले १ पटक मात्रै विश्वकप फुटबलको उपाधि उचालेको छ । सन् १९९८ मा आफ्नै घरेलु भूमिमा भएको विश्वकपको उपाधि फ्रान्सले चुमेको थियो । फाइनल खेलमा ब्राजिललाई ३–० गोलअन्तरले पराजित गर्दै फ्रान्सले विश्वकप जितेको थियो । 

 

फ्रान्सले पहिलो विश्वकप १९३० देखि नै सहभागिता जनाउदै आएको छ । विश्वकपमा फ्रान्सले अहिलेसम्म १४ पटक सहभागिता जनाएको छ भने ५ पटक सेमिफाइनलसम्म पुगेको छ । भने फाइनल दुई पटक टेकेको छ । २१ औं संस्करणको विश्वकप फुटबलको उपाधि फ्रान्सले जित्छ भन्नेहरू समर्थकको संख्या कम छैन । हुन पनि पछिल्लो वर्षमा फ्रान्स निकै लयमा छ । डिफेन्स, मिडफिल्ड र स्टाइकर लाइन फ्रान्सको निकै बलियो रहेको छ । त्यसकारण पनि फ्रान्स उपाधिको दाबेदार राष्ट्र हो ।

 

खेल तालिका

  • जुन १६ मा अष्ट्रेलियाविरुद्ध
  • जुन २१ मा पेरुविरुद्ध
  • जुन २६ मा डेनमार्कविरुद्ध

 

प्रशिक्षक डिडियर डेसच्याम्पस्

 

 

फ्रान्सको प्रशिक्षकको जिम्मेवारी सन् २०१२ देखि पूर्व खेलाडी डिडियर डेसच्याम्पसले लिँदै आएका छन् । उनले फ्रान्सअघि मोनाको, युभेन्टस् र मार्सेको टिमलाई सम्हालीसकेका छन् । 

 

फ्रान्सको पूर्व कप्तान समेत रहेका डेसच्याम्पस्ले सन् १९९८ को विश्वकप तथा सन् २००० को यूरोको उपाधि जितेको अनुभव पनि छ । खेलाडीहरुको सूची प्रकाशित गर्ने क्रममा उनले भनेका थिए ‘रसिया विश्वकप जित्नको लागि फ्रान्सको टोली तयार छ ।’

 

गोलकिपर

 

हुगो लेरिस (टोटनहम हट्सपर)

स्टीभ मन्डांडा (मार्से)

अल्फोन्स इरेला (पीएसजी)

 

डिफेन्डर

 

लुकास हर्नान्डिेज (एथ्लेटिको मड्रिड) 

प्रेस्नेल किम्पेम्बे (पीएसजी)

बेन्जामिन मेन्डी (म्यान्चेस्टर सिटी)

बेन्जामिन पाभर्ट (स्टुटगार्ट)

एडिल रमी (मार्से)

जिब्रिल सिडिब (मोनाको)

स्यामुअल उम्टीटी (बार्सिलोना)

राफेल भराने (रियल मड्रिड)

 

मिडफिल्डर

 

एन गोलो कान्टे (चेल्सी)

ब्लेइज माटुडी (युभेन्टस) 

स्टेभिन एनजोन्जी (सेभिया)

पाउल पोग्बा (म्यान्चेस्टर युनाइटेड)

कोरिन्टिन टोलिसो (बायर्न म्युनिख)

 

फरवार्ड

 

ओस्माने डेम्बेले (बार्सिलोना)

नाबिल फेकिर (लियोन)

ओलिभर जिरोर्ड (चेल्सी)

एन्टोनियो ग्रिजम्यान (एथ्लेटिको मड्रिड)

थोमास लिमार (मोनाको)

किलियन एमबाप्पे (पीएसजी)

फ्लोरिन थाउभिन (मार्से)

 


थप समाचार

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 4 minutes ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 10 minutes ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम

खशोग्जी हत्याका टेप सुन्नै नसकिने – ट्रम्प

  • 41 minutes ago
खशोग्जी हत्याका टेप सुन्नै नसकिने – ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन् । त्यो श्रव्य सामग्री निकै “पीडादायी र हिंसात्मक” भएको उहाँले बताएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर