IIMS College

ISMT

HUB Education

फ्रान्समा अस्वभाविक हिम बर्षा, ठाउँठाउँमा विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पेरिस । फ्रान्सको उत्तरपूर्वी तथा मध्य दक्षिणी क्षेत्रमा मङ्गलबार रातभर व्यापक हिमबर्षा भएको छ । हिमबर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ । 

 

सडकमा एक्कासी परेको हिउँका कारण हजारौँ गाडीहरू बाटामै अलपत्र परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन् । 

 

मङ्गलबार जमिनको सतहमा करिब ४० सेन्टिमिटरसम्म हिउँ जमेको प्रभावित क्षेत्रमा करिब दुई लाख घरहरुमा विद्युत आपूर्ति अवरूद्ध भएको हाउटलोयरका मौसम मामिला हेर्ने निकायले जनाएका छन् । 

 

जमेको हिउँका कारण ठाउँठाउँमा रेल सेवा पनि अवरूद्ध भएको छ । फ्रान्सको राज्य सञ्चालित रेल सेवा कम्पनीले बाटोमा फसेका रेललाई हिउँ हटाएर बुधबार अपरान्ह्सम्म सञ्चालनमा ल्याउने पहल थालेको जनाएको छ । 

 

फ्रान्सको मौसम विज्ञान विभाग, मेटेओ फ्रान्सले उत्तरी तथा पूर्वी क्षेत्रमा रहेका मुलुकका पाँच क्षेत्रलाई हिमबर्षाका कारण सामान्य खतराको सूचीमा राखी सर्वसाधारणलाई सचेत हुन अनुरोध गरेका छन् । फ्रान्समा बुधबार विहानसम्म निकै चिसो रहने अनुमान गरिएको छ । 


थप समाचार

बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

  • 1 minute ago
बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार बाँकेको खजुरामा भएको घटनामा दोषी रहेकालाई पक्राउ गरिएको बताएका छन् । आइतबार संसदमा जवाफ दिने क्रममा थापाले उक्त घटनामा संलग्नलाई पक्राउ गरिसकेको बता

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

  • 9 minutes ago
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ ।

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

  • 11 minutes ago
तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

आयबाक । सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।