Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबजेट प्रधानमन्त्री र अर्थमन्त्रीको गृहजिल्लामा केन्द्रित भयोः रघुजी पन्त

बजेट प्रधानमन्त्री र अर्थमन्त्रीको गृहजिल्लामा केन्द्रित भयोः रघुजी पन्त


काठमाडौँ। नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्लामा केन्द्रित भएको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पन्तले सो कुरा बताएका हुन्।

त्यसरी खन्याउने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा पनि परेको बताए। सांसद पन्तले प्रधानमन्त्री सिंगो मुलुकको हुन नसकेको बताए। ‘बजेटमा ग्वाम्म हात हालेको छ‚ नुवाकोटमा घोप्ट्याएको छ। बजेटमा हात हालेको छ‚ गोरखामा घोप्ट्याएको छ। अर्को छेउमा तिमीहरूले मात्रै घोप्ट्याउने? यो सबै जुटाइदिने त मैं हुँ भनेर मादल बजाएर बसिरहेका डडेलधुराका बुढा, उनकहाँ पनि घोपट्याइदिया छ‚ लौ ला त नि भनेर। अरु सबै हेर्‍या हेर्‍यै।’

बजेट अन्य निर्वाचन क्षेत्रका लागि आवश्यकताका आधारमा विनियोजन गर्नुभन्दा पनि गोरखा, नुवाकोट र डडेलधुरा केन्द्रित हुँदा सत्तापक्षका सांसदहरू पनि असन्तुष्ट रहेको पन्तले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

Techie IT