अनियमितताका बारेमा छानबिन शुरु

  • शनिबार, ९ भदौ, २०७५
  • 7 months ago
  • अर्थ

डडेल्धुरा । डडेल्धुरामा मुक्त हलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भनी परेको उजुरीका बारेमा छानबिन शुरु भएको छ । 

 

हलिया पुनःस्थापना कार्यक्रममा भएको अनियमितताका बारेमा भूमिसुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको टोलीले डडेल्धुरा पुगेर छानबिन शुरु गरेको हो । 

 

जिल्लामा मुक्तहलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी पर्नुका साथै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन टोलीले छानबिन शुरु गरेको हो । 

 

जिल्ला मालपोत कार्यालय कैलाली, धनगढीका प्रमुख ठाकुरप्रसाद सिग्देलको संयोजकत्वमा मन्त्रालयले तीन सदस्यीय छानबिन टोली गठन गरेको थियो । 

 

सो छानबिन टोलीले हलिया पुनःस्थापनामा भएको आर्थिक अनियमितता गरेको आरोप लागेका कर्मचारी, उजुरी कर्ता मुक्त हलियासँग भेटेर छानबिन गर्नुका साथै स्थानीय सञ्चारकर्मीको समेत सुझाव लिइरहेको टोलीका संयोजक सिग्देलले बताए । 

 

हलिया पुनःस्थापना कार्यक्रममा जिल्ला मालपोत कार्यालय डडेल्धुराका लेखापाल, मालपोत कार्यालयमा मुक्त हलियाका सहजकर्तालगायतका कर्मचारी र मुक्त हलिया समाज महासङ्घ डडेल्धुराका केही पदाधिकारी र पत्रकारले समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ । 

 

२०६५ भदौ २१ गते मुक्तघोषणा भएका हलियाका लागि २०७१ देखि सरकारले पुनःस्थापना कार्यक्रम शुरु गरेको थियो । 

 

डडेल्धुरामा एक हजार ८९४ परिवारमध्ये २०७४÷७५ मा एक लाख २५ हजारका दरले ६०० घर मर्मत, रु तीन लाख २५ हजारका दरले ४०० घर निर्माण र दुई लाखका दरले २०० हलिया परिवारको लागि जग्गा खरीद भएको छ । 

 

 


थप समाचार

चितवनमा लगानी सम्मेलन : १३ जिल्लाका उद्याेगी-व्यवसायी सहभागी

  • 2 minutes ago
चितवनमा लगानी सम्मेलन : १३ जिल्लाका उद्याेगी-व्यवसायी सहभागी

चितवन । प्रदेश नं. ३ मा लगानी भित्र्याउनका लागि आज र भोलि लगानीकर्तासँग बृहत् अन्तर्क्रिया कार्यक्रम गरिने भएको छ ।

जब इजरायलमाथि सात मुस्लिम राष्ट्रले एकैपटक आक्रमण गरे

  • 4 minutes ago
जब इजरायलमाथि सात मुस्लिम राष्ट्रले एकैपटक आक्रमण गरे

इजरायल एउटा यस्तो देश हो जसलाई कुनै पनि शक्तिशाली राष्ट्रहरु वा छिमेकी राष्ट्रहरुले चुनौती दिन धेरै पटक सोच्ने गर्छन् ।यो देशलाई नजर उठाएर हेर्न सक्ने ताकत कमै राष्ट्रमा रहेको छ ।

सरकारविरूद्ध आन्दाेलन गर्नुपर्ने बेला आयाे : सभापति देउवा

  • 9 minutes ago
सरकारविरूद्ध आन्दाेलन गर्नुपर्ने बेला आयाे : सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आयोजना गरेको ‘शु



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।

विचित्र विश्व

जब इजरायलमाथि सात मुस्लिम राष्ट्रले एकैपटक आक्रमण गरे

जब इजरायलमाथि सात मुस्लिम राष्ट्रले एकैपटक आक्रमण गरे

इजरायल एउटा यस्तो देश हो जसलाई कुनै पनि शक्तिशाली राष्ट्रहरु वा छिमेकी राष्ट्रहरुले चुनौती दिन धेरै पटक सोच्ने गर्छन् ।यो देशलाई नजर उठाएर हेर्न सक्ने ताकत कमै राष्ट्रमा रहेको छ ।