IIMS College

ISMT

HUB Education

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

  • बुधबार, २५ भदौ, २०७६
  • 3 months ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनज्यूले एक्स्पोको उद्घाटन गर्नु भयो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा एक्स्पो सुरु भएको हो । राजधानीको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ । 

 

एक्स्पोको उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मानिसको जीवनमा जुनसुकै बेला पनि आवश्यक पर्ने फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताए । सरकारले व्यवसायीमैत्री वातावरण बनाउन भन्दा पनि व्यवसायीलाई तर्साउने काम गरेको उनको आरोप छ । पहिले थुन्ने अनि पछि सुन्ने सरकारको नीतिले निजी क्षेत्र अघि बढ्न नसक्ने बताए । उनले निजी क्षेत्रले सरकारलाई विस्वास गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

 

आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले कच्चा पदार्थको सहज उपलब्धता नभएका कारण मुलुकमा फर्निचर व्यवसाय फस्टाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । दक्ष् जनशक्तिको अभाव सँधै खड्किँदा अन्य मुलुकबाट जनशक्ति आयात गर्नु पर्ने अवस्था आएको भन्दै उनले प्रोत्साहनमुखी ठोस नीति ल्याउन सरकारसँग आग्रह गरे । मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भए पनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको उनको गुनासो थियो । 

 

संघका निवर्तमान अध्यक्ष राजेश अग्रवालले आयातमुखी व्यवसायले व्यापार घाटा बढाएको मात्र नभई स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताएका थिए । विलासिता मात्र नभई अत्यावश्यकीय वस्तुका रुपमा फर्निचरजन्य उत्पादनको प्रयोग बढ्दै गएको अवस्थालाई सरकारले प्राथमिकतामा राख्नु पर्ने अग्रवालको तर्क थियो ।

 

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । 

 

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । विगत वर्षको तुलनामा परिस्कृत रुपमा एक्स्पो सुरु गरिएको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ । 

 

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बन्ने छ । 

 

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।

 


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 9 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 9 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 9 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।