IIMS College

ISMT

HUB Education

‘गणतन्त्रको यात्रा’बारे चर्चा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । राजनीतिज्ञ एवम् लेखक नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ पुस्तकमाथि सोमबार पोखरामा चर्चा गरिएको छ । नेपाली लेखक सङ्घ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो । 

 

सो अवसरमा पुस्तकका लेखक एवम् राजनीतिज्ञ आचार्यले गणतन्त्र स्थापनाका क्रममा आफूले भोगेका राजनीतिक, पारिवारिक, साहित्यिक एवम् विविध सन्दर्भलाई पुस्तकमा समेटिएको बताए । उनले सो पुस्तक बन्दी अवस्थाको समयको डायरीमात्र नभई एक दशक लामो समय चलेको गणतन्त्र स्थापनाको रस्साकस्सी र विचार मन्थनको दस्तावेज भएको बताए । राजाहरूको सत्तामोह र अहङ्कारका कारण गणतन्त्र अपरिहार्य बन्दै गएको र ७० वर्षसम्म तीन पुस्ताका राजाहरूले गरेको उपद्रोकै परिणामका रूपमा गणतन्त्रसम्म आइपुगेको बताए । 

 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले विचारलाई कुनै पनि शक्तिले कहिल्यै बन्दी बनाउन नसकेको दृष्टान्तका रूपमा पुस्तक इतिहासको वैचारिक दस्तावेज बनेर उभिएको बताए । सो पुस्तकमा समावेश गरिएका पारिवारिक, प्रेमिल र नैतिकताका सन्दर्भहरु असल राजनीतिज्ञका लागि महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले यी सन्दर्भले आपूm निष्ठाको राजनीतिमा लागिरहन विशेष ऊर्जा प्राप्त भएको बताए । 

 

पुस्तकमाथि टिप्पणी गर्दै किशोरदत्त बरालले जेलजीवनका भोगाइ, कठिनाई र जेलजीवनमा बन्दीबीच आत्मीयताका सन्दर्भ राजनीतिकर्मीका लागि शिक्षा भएको बताए । काङ्ग्रेसमा आन्दोलनताका रहेको आत्मीयता हराउँदा गणतन्त्र सङ्कटमा पर्दै गएको सन्दर्भ पुस्तकले उठाएको उनको भनाइ थियो । “पुस्तक समग्रमा सिद्धान्त केन्द्रित राजनीतिमा लाग्नका लागि उपयोगी छ” बरालले भने । 

 

अर्का टिप्पणीकार विन्दु पौडेलले पुस्तकले नेपालको राजनीतिको एउटा कालखण्डलाई तथ्यपरक प्रस्तुतिका साथ उठाएको बताए । उनले नारीको गणतान्त्रिक आन्दोलनमा विशेष योगदान रहेका कुराले महत्व पाउनु खुशीको कुरा भएको उल्लेख गरे । नारीको योगदानबाट नै गणतन्त्र स्थापनामा बल पुगेको उनले बताए । कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ र नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष प्राडा कुसुमाकर न्यौपानेले गणतान्त्रिक नेपालको यात्रामा संवैधानिक राजतन्त्र मान्ने काङ्ग्रेसबाटै गणतन्त्रको मार्गलाई बुलन्द पार्दै निष्कर्षमा पु¥याउन खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे ।


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 8 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 11 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 15 minutes ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।