दाेहाेराे कर नलिन गढवा गाउँपालिकालार्इ उच्च अदालतकाे अादेश

फाइल फाेटाे

दाङ । स्थानीय सरकार संचालन ऐन, २०७४ को आडमा गढवा गाँउपालिकाले लिइरहेको दोहोरो कर संकलन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको छ । 

 

गाउँपालिकाले प्राकृतिक एवं खानीजन्य बस्तुको निकासीमा दोहोरो कर लिन थालेपछि परेको रिटमाथि सुनवाई गर्दै उच्च आदालत तुलसीपुरले गाउँपालिकाको नाममा दोहोरो कर नलिन आदेश जारी गरेको हो । 

 

ब्यवसायी मुकेशकुमार गुप्ताले गाँउपालिकाले दोहोरो कर लिएको भन्दै उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए । गुप्ताको रिटमाथि सुनुवाई गर्दै अदालतले गढवा गाँउपालिकालाई दोहोरो कर लिनुपर्ने कारणसहित अदालतमा उपस्थित आदेश जारी गर्दै तत्काललाई कर नलिन आदेश जारी गरेको हो । 

 

उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश नहकुल सुबेदीको एकल इजलाशले उक्त अन्तरिम आदेश जारी गरेको हो । साथै गाउँपालिकालाई भदौ ५ गते पेशी तोक्दै दुबै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश गरेको छ । 

 

अदालतले संविधानले स्थानीय तहलाई मुल्य अभिबृद्धि कर उठाउने अधिकार नदिइएको, संबिधानको धारा २३६ को ब्यबस्था बमोजिम अन्तरिम आदेशको छलफल नभएसम्मका लागि नदीजन्य पदार्थको ढुवानीमा कुनै शुल्क तथा कर नलिन र त्यस्तो वस्तुको ढुवानीमा बाधा अबरोध नगर्न बिपक्षीको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरेको छ । 

 

यसअगाडि गढवा गाउँपालिकाको मिति २०७५ असार ३ गते बसेको बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ घ ९६० बमोजिम नदी तथा खानीजन्य वस्तुहरुको निकासीमा प्रति क्यू.फुट २ रुपैयाका दरले मुल्य अभिबृद्धिकर १३ प्रतिशत समेत जोडेर निकासीकर लिन थालेको गाउपालिकाका निमित्त प्रशासकीय अधिकृत नेबबहादुर वलीले जानकारी दिए । 


थप समाचार

मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

  • 13 minutes ago
मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । मेलमिलाप कार्यलाई थप प्रभावाकारी बनाउन मेलमिलापकर्ताहरुको दोश्रो राष्ट्रिय सम्मेलन वैशाख १६ र १७ गते काठमाडौँमा हुने भएको छ । सम्मेलनमा एक प्रदेशबाट तीन जना उपप्रमुख/उपाध्यक्ष रहनेग

मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

  • 19 minutes ago
मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

काठमाडौँ । एफएम सञ्चालनका लागि निर्माण गरेको कानून बुझाउन सञ्चार सूचना तथा प्रविधि मन्त्रालायले सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायबाट सातसय ५३ वटै स्थानीय तह

जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

  • 29 minutes ago
जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

चर्चित गीतकार तथा फिल्मकार जाबेद अख्तर लोकसभा निर्वाचनमा बेगूसरायबाट उम्मेदवार बनेका युवा नेता कन्हैया कुमारको चुनावी सभामा सहभागी भए । सभामा उनले कन्हैयालाई जिताउन जरुरी रहेको भन्दै बेगूसरायका मतदाता



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।