गढवा गाउँपालिका अाधुनिक शहर निर्माणकाे लागि छनाेट

फाइल फाेटाे

तुलसीपुर । शहरी विकास मन्त्रालयले तराई–मधेशमा सम्भावित नयाँ शहर बनाउन गढवा गाउँपालिकालाई छनोट गरेको छ । 

 

छनोटसँगै अब गाउँपालिकामा एकीकृत विकास गुरुयोजना सञ्चालन हुने भएको छ । तराई–मधेशमा नेपालका १५ आधुनिक शहर निर्माण गर्ने कार्यक्रममध्ये गढवा छनोट भएको र एकीकृत विकास गुरुयोजना कार्यक्रम लागू भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । 

 

छनोटमा परेलगतै सम्पूर्ण पूर्वाधारबारे गढवा गाउँपालिकामा विज्ञ टोलीसहित सरोकारवालाबीच मङ्गलबार वृहत छलफल सम्पन्न भएको छ । 

 

‘प्राकृतिक स्रोतले भरिपूर्ण पूर्वाधार, सुन्दर गढवा, शिक्षा, पर्यटन र समृद्ध शहरको आधार’ भन्ने मूलनारासमेत तय भएको गाउँपालिकाले जनाएको छ । मन्त्रालयको नयाँ शहर कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकामा पहिलो चरणमा पाँच वर्षे एकीकृत योजना तयार, सम्भाव्यता अध्ययन, प्राविधिक नक्सा, गाउँपालिकाको विवरणयुक्त अभिलेख तयार गरिनेछ । भिन्दा भिन्दै विश्लेषणात्मक अध्ययनको आधारमा नयाँ शहरको रणनीति बमोजिम गाउँपालिकामा कस्तो ढङ्गको शहरी विकास कार्यक्रम लागू गर्ने भन्ने गुरुयोजना तयार गरिने नयाँ शहर योजनाका परामर्शदाता शहरी योजनाविद् सुमनकुमार कर्णले बताए । 

 

गााउँपालिकाको भौतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, पर्यटन, वित्तीय, वातावरण, प्रकोप व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन गरी नौ वटा क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न दीर्घकालीन गुरुयोजना बनाइने भएको छ । 

 

गाउँपालिकाका सडक सञ्जाल स्तरीकरण, जग्गा विकास कार्यक्रम, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, एकिकृत बस्ती विकास र ल्याण्डफिल साइट व्यवस्थापनलगायतका कार्य गरिने भएको गाउँपालिकाले जनाएको छ । ती कार्य व्यवस्थापन गर्न एउटा मूल र नौ उपसमिति गठन गरिने छ । 

 

अल्पकालीन कार्यक्रम पाँच, मध्यकालीन १० र दीर्घकालीन अन्तर्गत २० वर्षे विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)का गुरुयोजना बनाएर काम गरिने छ । 

 

‘पूर्वाधारयुक्त, बसोवास योग्य, रोजगार, सीप तथा क्षमताको विकास, आकर्षक योग्य भौतिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरिने छ’, शहरी योजनाविद् कर्णले भने । 


थप समाचार

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 3 minutes ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्

निराश आर्यनको कमेडी चाल

  • 15 minutes ago
निराश आर्यनको कमेडी चाल

काठमाडौँ । कुनै समय थियो, नायक आर्यन सिग्देलले खोके मात्रै पनि फिल्म हिट हुन्थ्यो । फिल्म निर्माताहरु उनलाई लिन तँछाडमछाड गर्ने तर अहिले समय उनको साथमा छैन । न निर्माण गरेको फिल्म चल्यो न पछ्याउने नि

बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

  • 42 minutes ago
बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

काठमाडौँ । बिरालो मारेको कसुरमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ। गर्भवती बिरालो मारेको कसुरमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरू



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।