IIMS College

ISMT

HUB Education

गोर्खाहरूको समस्याको कुटनीतिक तहबाटै समाधान खोजिनुपर्ने गेसोको मत

  • बिहीबार, ५ आषाढ, २०७६
  • 5 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

किरण राई, लण्डन । लामो देखि समानताको आन्दोलन गर्दै आईरहेका ब्रिटिस गोर्खा भुतपुर्व सैनिकहरूले आफुहरूको समस्याको समाधान कुटनीतिक तहबाट नै हुनुपर्नेमा जोड दिएका छन ।

 

गोर्खा भुतपुर्व सैनिकहरूको अग्रणी संस्था गोर्खा भुतपुर्व सैनिक संघ ((गेसो) ले आफुहरूको समस्या समाधानको एकमात्र विकल्प कुटनीतिक पहल नै उत्तम रहेको बताएको छ । 

 

बेलायतस्थित प्रधानमन्त्रीको भ्रमणबाट गोर्खाहरूको मागको बारेमा प्रधानमन्त्री स्तरबाट भएको पहलको बिषयमा जानकारी दिने उद्देश्यले बुधवार  आयोजित कार्यक्रमका सहभागी भुपु गोर्खाहरूले कुटनीतिक तहबाट समाधान खोजिनुपर्नेतर्फ जोड दिएका हुन् । 

 

प्रधानमन्त्रीस्तरबाट पहिलो पटक गोर्खाहरूको बारेमा पहल भएको जनाउदै अहिले नै उपलब्धी भई नहाले पनि यसले भविष्यमा राम्रो नतिजा दिन सक्ने बताएका छन् । 

 

जानकारीसभामा बोल्दै गोर्खा भुतपुर्व सैनिक संघ ((गेसो) का सभापति कृष्णकुमार राईले गोर्खाहरूको समस्या समाधानको एकमात्र विकल्प कुटनीतिक तवरबाट हुनेमा आफुहरू विश्वस्त रहेको र त्यसैले कुटनीतिक तवरबाट समस्या समाधानमा आफुहरुको जोड रहेको बताएका छन् । ‘हामी विभिन्न चरणको आन्दोलन कार्यक्रमहरू पार गर्दै आएका छौ । अहिलेको अन्तिम अस्त्र, विकल्प जे भने पनि कुटनीतिक पहल नै हो’, सभापति राईले भने ‘कुटनीतिक तवरबाट यस्ता समस्याको समाधान खोजिनु आजको आवश्यकता हो । गोर्खा भर्ति दुई देशवीचको कुटनीतिक सम्झौताबाट भएको थियो । जहाँबाट जसरी शुरू भयो त्यहाँबाट त्यसरी नै समाधान हुनुपर्छ । ’

 

 

पहिलोपटक कुटनीतिक तवरबाट गोर्खाहरूको मागबारे पहल भईरहेको जनाउदै गोर्खा भुतपुर्व सैनिक संघले नेपाल सरकार र बेलायतका लागि नेपाली दुतावासलाई धन्यवाद दिदै कुटनीतिक पहलको लागि अपिल गरेका छन् । गेसोले गोर्खा भुपु सैनिकहरूको नाममा केहि समुहले उच्छृङखल गतिविधी गरेकोप्रति चिन्ता व्यक्त गर्दै कुटनीतिक पहलबाट समस्या समाधान खोजिनुपर्ने विशेष जोड दिएको छ । 

 

गोर्खाहरूको नाममा केही समुहहरूले गोर्खा राज्यको माग, गोर्खा भर्ती बन्द, आमरण अनसन जस्ता अराजक क्रियाकलाप र आन्दोलन गरेको भन्दै गोर्खा भुतपुर्व सैनिक संघ गेसोका उपाध्यक्ष धर्म तामाङले त्यस्तो गतिविधिहरूप्रति सजग हुनुपर्ने बताए । अहिले अराजक गतिविधि गरेर समस्या सुल्झने होइन, झन बल्झिने भन्दै त्यसलाई रोक्नका लागि सम्बन्धित समुहलाई रोकेर कुटनीतिक पहलको पक्षमा उभिनु उत्तम विकल्प हुने उपाध्यक्ष तामाङले बताए । 

 

लामो समयदेखि संघर्षरत गोर्खाहरूले समानताको लागि विभिन्न प्रकारको आन्दोलन लगायत दवावमुलक कार्यक्रम गर्दै आएको छ । आन्दोलन लगायत दवावमुलक कार्यको स्वरूप समय सन्दर्भ परिवर्तन हुने भन्दै गेसोले पछिल्लो समय कुटनीतिक तवरबाट समस्याको समाधान खोज्दै आएका छन । 

 

 

गोर्खा आन्दोलनले गोर्खाहरूको माग आंशिक रूपमा पूरा भईसकेको र बाँकी मागलाई पूरा गर्न कुटनीतिक पहल प्रभावकारी हुने गोर्खा भुतपुर्व सैनिक संघ गेसोका महासचिव दशरथ राईले बताए । 'हामीले नेपालको सडक, संसद हुँदै बेलायतको सदन र न्यायलयसम्म पुगेर केही अधिकार पाएको छौ । बाँकी अधिकार नेपाल सरकार र बेलायत सरकारको वीचको कुटनीतिक तवरबाट हुने छ',  राईले बताए । 

 

गोर्खाहरूको माग र समस्या समाधानका लागि नेपाल सरकार, बेलायत सरकार र गोर्खाका प्रतिनिधिहरूसहितको प्राविधिक टोलीले प्रतिवेदन तयार गरेका थियो । प्रतिवेदनको आधारमा मागहरू कार्यान्वयन हुनेमा गोर्खाहरू विश्वस्त थिए । तर बेलायत सरकारको एकपक्षिय घोषणाले गोर्खाको मागहरू केही अंश बाहेक सम्बोधन हुन सकेन । 

 

भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणमा प्रमुख रूपमा गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सम्झौता पुनरावलोकनको विषयमा कुरा उठेको थियो । त्यस विषयमा आवश्यक तयारी र बेलायती प्रधानमन्त्री टेरेसाा मेको सत्ता बहिर्गमनले उक्त विषय छाँयामा परेको जनकारहरुको भनाइ छ । 

 

 


थप समाचार

प्रधानमन्त्री ओलीको प्रतिबद्धतामा शशांक कोइरालाको समर्थन

  • 7 minutes ago
प्रधानमन्त्री ओलीको प्रतिबद्धतामा शशांक कोइरालाको समर्थन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालको अतिक्रमित भूमिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको प्रतिबद्धताप्रति समर्थन जनाएका छन् । विराट

सुनको भाउ ७२ हजार १ सय

  • 14 minutes ago
सुनको भाउ ७२ हजार १ सय

काठमाडौँ । आज पनि सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ७२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज मंगलबारको तुलनामा तोलामा १ सय रुपैयाँको वृद्धि भएको हो । मंगलबार तोलामा ४ सय रुपैयाँको वृद्धि

राजीनामा दिने तयारीमा श्रीलङ्काका प्रधानमन्त्री

  • 17 minutes ago
राजीनामा दिने तयारीमा श्रीलङ्काका प्रधानमन्त्री

एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गरेका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।