सामसुङ 'ग्यालेक्सी ए५१' सार्वजनिक, यस्ता छन् फिचर्स

काठमाडौं । साउथ कोरियन कम्पनी सामसुङले ग्यालेक्सी ए ५१ (Galaxy A51 ) स्मार्टफोनलाई भारतमा सार्वजनिक गरेको छ । बुधबार मात्रै भारतमा कम्पनीले सार्वजनिक गरेको यस स्मार्टफोन नेपाली बजारमा पनि चाँडै उपलब्ध हुनेछ । भारतमा कम्पनीले यस स्मार्टफोनको आधिकारिक मूल्य २३,९९९ भारतीय रुपैयाँ राखेको छ । 

 

यस मूल्य ६ जीवी –याम र १२८ जीवी इन्टरनल स्टोरेज भेरियन्टका लागि मात्रै हो । कम्पनीले यस स्मार्टफोनलाई ब्लू, ह्वाइट, ब्ल्याक र प्रिज्म क्रश कलरमा अप्शनमा पेश गरेको छ । 

 

यसले भारतीय र नेपाली बजारमा रियलमी एक्स २ र रेड्मी के २० प्रो लगाएतको स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नेछ । 

 

सामसुङको यस नयाँ स्मार्टफोनमा ६.५ इञ्चको ओमोलेड फुल एचडी प्लस (1080x2400 पिक्सल) इन्फिनिटी–० डिस्प्ले दिइएको छ । यस डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सरको साथमा पेश गरिएको छ । यो फोनको मोटाइ अन्य फोनको तुलनामा निकै कम छ, जसको कारण यसको लुक शानदार छ । 

 

यसमा रेक्टेङगुलर क्यामेरा मोड्युल दिइएको छ । यस मोड्युलमा क्वाँड क्यामेरा सेटअप दिइएको छ । तर, यसको फिङ्गरप्रिन्ट सेन्सर केही स्लो छ ।

 

यस स्मार्टफोनमा भोल्यूम रकर्स र होम बटनलाई राइट साइडमा ठाउँ दिइएको छ । यस स्मार्टफोनमा एडिशनल मेमोरी कार्डको लागि छुट्टै ठाउँ दिइएको छ । यसको बटम प्यानलमा ३.५ एमएम हेडफोन ज्याकपोर्ट, युएसबी टाइप–सी र स्पिकर ग्रिल दिइएको छ ।

 

यस स्मार्टफोनको हार्डवेयरको कुरा गर्नुपर्दा ६ जीवी –यामको साथमा अक्टा–कोर सामसुङको Exynos 9611 प्रासेसर दिइएको छ । 

 

सफ्टवेयरको कुरा गर्नुपर्दा यो एन्ड्रोइड १० बेस्ड One UI 2.0 मा काम गर्नेछ । यसलाई कस्टोमाइज पनि गरिएको छ । कम्पनीले यसमा विशेष फिचर्स सामेल गरेको छ । यसमा तपाई÷हामीले जुसुकै टर्मको साथमा एप सर्च गर्नसक्नेछौं ।

 

क्यामेराको कुरा गर्नुपर्दा यस स्मार्टफोनमा ४८ मेगापिक्सल प्राइमरी क्यामेरा, १२ मेगापिक्स अल्ट्रा वाइड क्यामेरा, पाँच मेगापिक्सल माइक्रो क्यामेरा र अर्को पाँच मेगापिक्सलको डेप्थ क्यामेरा दिइएको छ । 

 

यस स्मार्टफोनमा 4,500mAh को व्याट्री दिइएको छ । यसमा 25W फास्ट चार्जिङको सपोर्ट पनि दिइएको छ ।

 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 7 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 7 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 7 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।