IIMS College

ISMT

HUB Education

प्रकाश सपुतकाे ‘गलबन्दी’लाई भाका चाेरीकाे आराेप, के भन्छन् उनी ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘गलबन्दी’लाई भाका चोरी गरेको आरोप लागेको छ ।

 

युट्युबमा पछिल्लो ६ दिनदेखि १ नम्बर ट्रेण्डिङमा रहेको सपुतको गीतलाई शम्भु राईको पुरानो गीतको लयसँग मिलेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरू भएको हो ।

 

‘गलबन्दी’ गीतको लय, शब्द, संगीतदेखि भिडियोसम्मले चर्चा बटुलिरहेको बेलामा शम्भु राईको ‘आउ नाचौं साथी हो कम्मर कसेर’ बोलको पुरानो गीतसँग लय मिल्न गएपछि यतिबेला सपुतको आलोचना भइरहेको छ ।

 

गीत युट्युबमा सार्वजनिक भएसँगै यसले लोकसंगीतको मिठास र मौलिकता झल्काएको भन्दै सपुतको प्रशंसा भएको थियो । प्रशंसा सेलाउन नपाउँदै आलोचना सुरू भए पनि गीतले पछिल्लो समय नकारात्मक कोणबाटै थप चर्चा बटुल्न सफल भएको छ ।

 

गीतको प्रशंसा भइरहँदा ‘गलबन्दी’ले लोकसंगीतमा मौलिकताको उदाहरण पेश गरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले समेत बधाई दिएका थिए ।

 

गीत चोरीको विषयमा गायक शम्भु राईले भने अहिलेसम्म केही बोलेका छैनन् । गायक प्रकाश सपुतले भने राईको गीतको लयसँग आफ्नो गीतको लय मिल्न गएको स्वीकारेका छन् । 

 

यद्यपि राईको गीतसँग आफ्नो गीतको लय मिल्न गएको देखिए पनि आफुले उक्त गीत कहिल्यै नसुनेको भन्दै सपुतले ‘गलबन्दी’को बचाउ गरेका छन् । 

 

अब शम्भु राईले आफ्नो धारणा राखेपछि अथवा आफुले राईसँग कुराकानी गरेपछि मात्रै आफुले थप धारणा व्यक्त गर्ने सपुतले बताएका छन् ।

 

सपुतको यसअघि सार्वजनिक भएको र्‍याप ब्याटलसमेत प्रशंसा र आलोचनाको शिकार भएको थियो । उनको दोहोरी ब्याटलले दोहोरीकै कत्लेआम गरेको भन्दै आलोचना भएको थियो । 

 

सार्वजनिक भएको छोटो समयमै ट्रेण्डिङमा परेको सपुको दोहोरी ब्याटल रेस्लिङ शैलीमा उत्रिएको, शब्द र संगीत गहकिलो नभएको भन्दै आलोचकहरूले टिप्पणी गरेका थिए ।


थप समाचार

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

  • 7 minutes ago
के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न

ऋतिक र टाइगरको ‘वार’ले तीन सय करोड कमायो

  • 8 minutes ago
ऋतिक र टाइगरको ‘वार’ले तीन सय करोड कमायो

काठमाडौं । बलिउडका एक्शन अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्रफसको फिल्म ‘वार’ले बक्स अफिसमा तीन सय करोडको कलेक्शन गर्न सफल बनेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘वार’ले तीन सय करोडको कलेक्शन गरेको

विश्वको सबैभन्दा लामो हवाईयात्राको रकर्ड राखेपछि...

  • 20 minutes ago
विश्वको सबैभन्दा लामो हवाईयात्राको रकर्ड राखेपछि...

एजेन्सी । विश्वमा पहिलोपटक एक यात्रुवाहक विमान बिनारोकावट १६००० किलोमिटरको यात्रा गरेको छ । यो विमान अमेरिकाको न्युयोर्क बाट अष्ट्रेलियाको सिड्नीसम्म उडेको थियो ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।