IIMS College

ISMT

HUB Education

गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

तनहुँ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ । प्रदेशभित्रका दश वटा दूध चिस्यान केन्द्रलाई रु दश लाखका दरले  अनुदान रकम प्रदान गर्न उक्त बजेटको व्यवस्था गरिएको हो । 

 

प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा दूध चिस्यान केन्द्र साझेदारी कार्यक्रम समावेश गरी कार्यान्वयन समेत शुरु गरिसकेको छ । पाँच सय लिटर दुध उत्पादन, बिक्री वितरण तथा भण्डारणका लागि दूध चिस्यान केन्द्र आवश्यकपर्ने भएकाले अनुदानको व्यवस्था गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा।बालकुमार श्रेष्ठले बताए । 

 

उनका अनुसार साझेदारमा दूध चिस्यान केन्द्र सुधारका लागि जस्तै चिलिङ् भ्याट, थ्रि–फेसको लाईन वा जेनेटर व्याक अप, मिल्क एनालाईजन, क्रिम सेपरेटर, रहेका छन् । भवन निमार्ण लगायतका पूर्वाधारमा अनुदानको रकम खर्च गर्न पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । जसअन्र्तगत ७० प्रतिशत प्रदेश सरकारको रहने र ३० प्रतिशत स्वयंले ब्योर्हनुपर्ने छ ।  

 

प्रदेशलाई दूधमा आत्मनिर्भर कायम गर्दै, स्वच्छ, स्वस्थ्य, गुणस्तरीय एवं प्रशोधित दूध तथा दूधजन्य पद्धार्थमा आम उपभोक्तालाई सक्षम, सहज र सरल हुने अपेक्षा गरिएको उनले जानकारी दिनुभयो । जिल्लामा गत आर्थिक वर्षमा दूध चिस्यान केन्द्र स्थापनाका लागि चार वटा छनोट गरी अनुदान रकम प्रदान गरिएको थियो । अनुदान प्राप्त गर्न कृषकले स्थानीय तहको पशु सेवा शाखाको सिफारिस गर्नुपर्ने केन्द्रले जनाएको छ । 


थप समाचार

‘स्वस्थ मासु’ भन्दै गाईको फोटो पनि राखेपछि...

  • 16 minutes ago
‘स्वस्थ मासु’ भन्दै गाईको फोटो पनि राखेपछि...

काठमाडौँ । ‘स्वस्थ मासु’ भन्दै प्रचार–प्रसार सामग्रीमा गाईको फोटो राख्ने पशु सेवा विभागले माफी मागेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु

विद्युत चुहावटलाई रणनीतिक रुपमा कम गर्ने प्राधिकरणकाे लक्ष्य

  • 16 minutes ago
विद्युत चुहावटलाई रणनीतिक रुपमा कम गर्ने प्राधिकरणकाे लक्ष्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ ।

अदभुत क्षमता भएका एक नेपाली बालक

  • 23 minutes ago
अदभुत क्षमता भएका एक नेपाली बालक

एजेन्सी । नेपालमा एक यस्ता अद्भुत बालक छन् जो छामेर वा सुधेर कुनै पनि बस्तुबारे बताउन सक्छन् । करिब एक वर्ष अगाडि उनी सिधाकुरा जनतासँग कार्यक्रममा आफ्नो कला देखाएपछि भाइरल भएका थिए ।



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

अदभुत क्षमता भएका एक नेपाली बालक

अदभुत क्षमता भएका एक नेपाली बालक

एजेन्सी । नेपालमा एक यस्ता अद्भुत बालक छन् जो छामेर वा सुधेर कुनै पनि बस्तुबारे बताउन सक्छन् । करिब एक वर्ष अगाडि उनी सिधाकुरा जनतासँग कार्यक्रममा आफ्नो कला देखाएपछि भाइरल भएका थिए ।