Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थफुडमाण्डुको ‘बडा दशैं बाइट्स’ क्याम्पेन, यस्ता छन् अफर

फुडमाण्डुको ‘बडा दशैं बाइट्स’ क्याम्पेन, यस्ता छन् अफर


काठमाडौँ। नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ।

यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन्। पहिलो अफर अन्तर्गत “बडा दशैं बाइट्स” मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५५ फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ। दोस्रो अफर अन्तर्गत “बडा दशैं कम्बो बाइट्स” मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट मन लोभ्याउने कम्बो खानाहरुमा ५० प्रतिशत सम्मको डिस्काउन्ट पाउन सकिनेछ।

यसबारे बोल्दै फूडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, सुश्री इनशा भट्टराई भन्छिन्, ‘यस अभियान मार्फत हाम्रा ग्राहकहरूसँग दशैं मनाउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं। हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकहरूलाई सेवा दिने प्रयासमा लागिरहेका हुन्छौं। आशा छ कि यी विशेष अफरहरूले हाम्रा ग्राहकहरुको यस उत्सवमा थप आनन्द र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत गरोस्।’

यो अभियान कार्तिक २ गतेसम्म चल्ने छ। यी अफरहरूको फाइदा उठाउनको लागि, फूडमान्डुुको वेबसाइटमा वा फूडमान्डुुको एप डाउनलोड गरेर फूड अर्डर गर्न सकिनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आकासियो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

काठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर दुई

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा

Techie IT