गण्डकी प्रदेश नीति तथा कार्यक्रम बहुमतद्वारा पारित

  • मंगलबार, २८ जेष्ठ, २०७६
  • 5 days ago
  • अर्थ
Education Park

पोखरा । गण्डकी प्रदेशसभाको सोमबारको बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले यही जेठ २४ गते प्रदेशसभामा प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रम बहुमतद्वारा पारित भएको हो । 

 

यसअघि भएको छलफलमा सत्तापक्षीय प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रमले ‘समृद्ध प्रदेश सुखी नेपाली’को लक्ष्यलाई आत्मसात् गरेको बताए । प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रम अघिल्लो वर्षकै निरन्तरता भएको र विशिष्टिकृतरुपमा आउन नसकेको धारणा राखेका थिए । 

 

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अघिल्लो वर्षको कार्यक्रम कार्यान्वयन भए/नभएको विषयबारे समीक्षा गर्नुपर्ने बताए । उनले गण्डकीलाई राम्रो बनाउने कुरामा सत्तापक्ष र प्रतिपक्ष दुवैको साझा सङ्कल्प भएको बताए । 

 

 

प्रदेशसभा सदस्य मायानाथ अधिकारीले नेपालको पछिल्लो परिवर्तन केवल पात्र र नेतृत्व मात्र परिवर्तन नभई प्रणालीमा नै परिवर्तन भएको बताए । प्रदेशसभा सदस्य कुमार खड्काले नीति तथा कार्यक्रममा नविनताको अभाव तथा महत्वाकाङ्क्षी रहेको बताउनुभयो । प्रदेशसभा सदस्य पियारी थापाले नीति तथा कार्यक्रममा पुरानै कुरालाई प्रस्तुत गरिएको बताए । कार्यक्रममा अधिकांश प्रदेशसभा सदस्यले प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । 

 

नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछाने र हरिशरण आचार्यले संशोधन प्रस्ताव दर्ता गरेको त्यसलाई सभाले बहुमतद्वारा अस्वीकृत गर्यो । प्रदेशसभा सदस्यको प्रश्नको जवाफ दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राप्त सुझावलाई आत्मसात् गरिने बताए । प्रदेशको समृद्धि र विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो ।


थप समाचार

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 6 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

  • 11 minutes ago
कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

काठमाडौँ । उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरमाथि ४–० गोलको जित निकालेको हो ।

हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

  • 22 minutes ago
हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत हाई भोल्टेज गेममा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।