IIMS College

ISMT

HUB Education

गण्डकीमा घट्यो ट्रायल शुल्क

  • शुक्रबार, १० माघ, २०७६
  • 2 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । गण्डकी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा तिर्नुपर्ने शुल्क घटाइएको छ । यस अगाडि ट्रायल दिन कार प्रयोग गरेवापत रु ३०० शुल्क तिनुपर्नेमा अबदेखि रु २४ मात्रै शुल्क तिरेर प्रयोग गर्न सकिने भएको छ ।

 

यातायात व्यवस्था कार्यालय गण्डकी र सनराइज ड्राइभिङ स्कूलअन्तर्गतको कुसुम सप्लायर्सको सहकार्यमा उक्त रकममा छुट प्रदान गर्न लागिएको हो । यही माघ १५ गतेबाट लागू हुनेगरी सम्झौता भएको सनराइज ड्राइभिङका अध्यक्ष वसन्त भट्टचनले जानकारी दिए । चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला रु ३०० तिर्नुपर्नेमा रु २४ मात्र शुल्क लिन शुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई राहत हुने भट्टचन भनाइ छ । 

 

ट्रायल दिने क्रममा बसका लागि रु ७०० लिने गरिएकामा रु १८९, मिनीबसका लागि पहिला रु ६०० लिने गरिएकामा अब रु १२४ र ट्र्याक्टरका लागि रु ५०० लिने गरिएकामा अब रु ८९ शुल्क लाग्नेछ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र सनराइज ड्राइभिङअन्तर्गतको कुसुम सप्लायर्सबीच गत पुस २३ गते सम्झौता भएको हो । नयाँ शुल्कमा ट्रायलमा उपलब्ध हुने गाडी नयाँ विशेषतासहितका हुने बताइएको छ । यस अगाडि पुराना मोडलका गाडीबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ । युरो मापदण्डका २०१९ मोडलका गाडी ट्रायलमा राखिनेछ ।

 

पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबीएस एण्ड इबिडी सिस्टम, एयर ब्याग, ८०० सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १८५ सिसी, व्याक सेन्सरलगायतका विशेषता भएका गाडी ट्रायलमा राखिने बताइएको छ ।  यातायात व्यवस्था कार्यालय कास्कीका सूचना अधिकृत भरतराज काफ्ले बोलपत्र  आह्वानबाट भएको यस कार्यले सेवाग्राहीलाई राहत हुने बताए । उनले भने “पहिला पुराना मोडलका गाडी थिए, अब नयाँ गाडीबाट ट्रायल दिन पाइनेछ साथै ट्रायल शुल्क घटेको छ, यसबाट उपभोक्ता लाभान्वित हुनेछन् ।”


थप समाचार

कोभिड –१९ लाई परास्त गर्न सरकारको मोर्चाबाट मात्र सम्भवः पर्यटनमन्त्री भट्टराई

  • 23 minutes ago
कोभिड –१९ लाई परास्त गर्न सरकारको मोर्चाबाट मात्र सम्भवः पर्यटनमन्त्री भट्टराई

काठमाडौँ । पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड– १९) विरुद्धको लडाइमा अर्को मोर्चा बनाएर लड्ने कुरा आफैलाई सत्यानास गर्नु भएको बताएका छन् । आइतबार एक ट्वीट गर्दै उनले कोरोनालाई परास्त गर्

एनआईसी एशियामा अनलाईन खाता खोली मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने

  • 36 minutes ago
एनआईसी एशियामा अनलाईन खाता खोली मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोली पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने भएको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो

टोकियो ओलम्पिकमा फुटबल खेलाडीको उमेर हद २४

  • 40 minutes ago
टोकियो ओलम्पिकमा फुटबल खेलाडीको उमेर हद २४

काठमाडौँ । सन् २०२१ मा हुने टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलतर्फको उमेर हद २४ वर्ष तोकिने भएको छ । कोरोना भाइरसको संक्रमणको कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको कारण पुरुष खेलाडीको उमेर हद बढाइन ला



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।