गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ चीन भ्रमणमा

  • सोमबार, ८ असोज, २०७५
  • 4 months ago
  • नेपाल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनको हाईनान प्रान्त भ्रमणका लागि पोखराबाट त्यसतर्फ लागेका छन् । मुख्यमन्त्री भैसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो भने नेपालकै मुख्यमन्त्रीहरुमध्ये दोश्रो भ्रमण उनको हो । हाईनानको राष्ट्रिय दिवसमा प्रमुख अतिथिको रुपमा उनी जान लागेका हुन् ।

 

गण्डकी प्रदेशले प्राविधिक शिक्षालय, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, होमस्टे, अगार्निक कृषि उत्पादन, हाईड्रो र सोलार उर्जा, विशेष औद्योगिक क्षेत्र निर्माणका लागि साझेदारी गर्ने तयारी गरेको मुख्यमन्त्री गुरुङले बताए । सोमबार पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रदेशको आवश्यक्ता अनुसार लगानी र अनुदानका लागि आह्वान गर्ने बताए ।

 

आपसी समझदारी गर्ने तर देखाउनकै लागि धेरै सम्झौता नगर्ने बताए । गण्डकी सरकार गठन भएको करिब ८ महिनासम्म सरकारले कुनै गुरुयोजना बनाउन सकेको छैन । र आफ्ना आयोजना तथा प्राथमिकता पनि छुट्याउन भ्याएको छैन । विना योजना लगानी र अनुदानका लागि नगर्ने भएकोले भ्रमणबाट हौसिनुपर्ने अवस्था नरहेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

 

टोलिमा मुख्यमन्त्री गुरुङ, मुख्य न्यायधिबक्ता राजेन्द्र घिमिरे, नीति तथा योजना आयोगका उपाध्यक्ष डा। गिरीधारी शर्मा र प्रमुख सचिव लक्ष्मीराम पौडेल सहभागी छन् । यसबाहेक पर्यटन व्यवासयी र उद्योग व्यवसायीको सहभागीता हुनेछ । टोली आज काठमाडौ पुगेको छ भने मंगलबार चिन जाने छ । गण्डकी प्रदेशको कार्यवाहक मुख्य मन्त्रीको जिम्मा आर्थिक मामिला मन्त्री किरण गुरुङले पाएका छन् ।


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 23 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 26 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 36 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।