एसएसपी ऐरको एकवर्षे कार्यकाल: कमाण्ड कन्ट्रोल र अपराध नियन्त्रणमा सफल

ललितपुर प्रहरीले गत एक वर्षको अवधिसम्म सञ्चालन गरेको गतिविधिले जिल्लामा अपराध नियन्त्रण, शान्तिपूर्ण वातावरण कायम र उत्कृष्ट व्यवस्थापन गर्न सफल भएको छ । आपराधिक गतिविधिको सकेसम्म निराकरण, घटना घटिहाले तुरुन्त प्रहरी परिचालन तथा अपराधमा संलग्न जोकोहीलाई पनि कारबाहीजस्ता कार्यमा गत एक वर्षको अवधिमा ललितपुर प्रहरीले अब्बल नतिजा पाएको छ । 

 

महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखमा पदबहाल भएसँगै एसएसपी गणेशबहादुर ऐरले सो अवधिमा विभिन्न जटिल परिस्थितिबीच पनि जिल्लामा शान्तिसुरक्षामात्र कायम राखेका छैनन्, प्रहरीको मनोबल बढाउन, जनतासँग प्रहरीलाई नजिक लैजान र प्रहरी कार्यालयको व्यवस्थापनमा पनि उदाहरणीय काम गरेका छन् । 

 

यो क्रममा ललितपुर प्रहरीले जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा निर्वाचनसमेत शान्तिपूर्ण विवादरहित र भयमुक्त वातावरणमा तीनवटै तहको निर्वाचन सम्पन्न गरेको छ । परिसर प्रमुखको पहलमा परिसर कम्पाण्डभित्र प्रहरी प्रमुखबाट शिलान्यास गरी सहरी विकास कार्यालयको ७० लाखको अनुदानबाट महिला ब्यारेक तथा महिला हिरासत कक्षको २ तले ६ कोठ पक्की भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

 

त्यस्तै, परिसरमा पानीको अभावलाई ध्यानमा राखी काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग समन्वय गरी ७ लाख रुपैयाँको सहयोगमा आकाशबाट परेको पानीलाई फिल्टर प्रविधि जडान गरी पिउन योग्य बनाइएको छ भने कार्यालयको कम्पाउण्डमा आकाशबाट परेको पानीलाई संकलन गरी एक थोपा पनि खेर नजाओस् भनी जमिनभित्र पानी रिचार्ज गर्न ३ वटा इनारसमेत खनिएको छ । 

 

उजुरी छानबिन कक्षको निर्माण तथा बाह्य तथा आन्तरिक सुरक्षाका लागि ११ वटा सीसीटिभी जडान पनि गरिएको छ । जिल्लाको संवेदनशील क्षेत्र यूएन पार्कमा प्रहरी बिटको निर्माण, महानगरीय प्रहरी प्रभाग कुपण्डोललाई टहरोबाट हटाई प्रिफर्म पाँच कोठ एक तल्ले भवनमा सार्ने काम भइरहेको पनि ललितपुर प्रहरीले जनाएको छ  ।

 

गत एक वर्षको अवधिमा ललितपुर प्रहरीले जिल्लामा शान्तिसुरक्षा, अमनचैन कायम गर्न, अपराध न्यूनीकरण गर्न र खबर संकलन गर्न विभिन्न सामाजिक जनचेतनामूलक कामहरु गरेको छ, जसको स्थानीयले नै प्रशंसा गरेका छन् । सातदोबाटोका स्थानीय समाजसेवी कमलकान्त पराजुली भन्छन्, ‘ललितपुर प्रहरीले सामाजिक जनचेतना जगाउन पर्चा, ब्रोसर वितरण गरेको छ भने नागरिक सुनुवाइ जस्ता कामहरु गरेको छ । 

 

जसले प्रहरीसँग जनतालाई नजिक गर्ने काम गरेको छ ।’ सो क्रममा ललितपुर प्रहरीले स्थानीयको साथमा ३० ठाउँमा शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम, १५ पटक बागमती सफाइ, १७ पटक लागूऔषधसम्बन्धी सचेतना कार्यक्रम, दैनिक रुपमा प्रहरी टोलटोलमा अभियान सञ्जाल गरेको छ भने ब्लक पोलिसिङ अभियानअन्तर्गत ११ हजार ३ सय ९८ घरधूरीको अभिलेखीकरण गरेको छ । 

 

यो अवधिमा ललितपुर प्रहरीले विभिन्न अवैध हतियारसहित ५ जना व्यक्तिलाई पक्राउ गर्ने, विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना तोकी फरार रहेका ५७ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाउने, जिल्लामा घटित विभिन्न जघन्य र ठूला अपराधहरुको सफल अनुसन्धान गर्न सफल हुनुका साथै गत वैशाखको ९ गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घर कम्पाउण्डमा बम विष्फोट गराउने कार्यमा संलग्न ५ जना व्यक्तिलाई दुई दिनभित्र नियन्त्रणमा लिई कारबाही गर्न सफल भई अदालतसमक्ष पेश गर्ने सफलता हासिल गरेको छ । सो क्रममा लागूऔषध तथा घरेलु मदिरा नियन्त्रण तथा प्रतिबन्धित जडीबुटी यार्सागुम्बा र कस्तुरीको बिनासहित विभिन्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्ने काम ललितपुर प्रहरीले गरेको छ । 

 

ललितपुर प्रहरीले जिल्लामा गुण्डागर्दी एवं अवाञ्छित क्रियाकलाप गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन योजनाबद्ध ढंगबाट प्रहरी परिचालन गरेको थियो । जसका कारण हाल जिल्लामा गुण्डागर्दी एवं अवाञ्छित क्रियाकलापका घटना नदेखिएको र जिल्लामा शान्ति सुरक्षाको अवस्था रहेको स्थानीय व्यापारीहरु नै बताउँछन् । 

 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी ऐर आफूले गृहमन्त्रीको ८२ बुँदे कार्यक्रमअनुसार टोलटोलमा प्रहरी कार्यक्रमअन्तर्गत लागूऔषध नियन्त्रण अभियान, भयमुक्त समाजको निर्माण र जनमैत्री प्रहरी सेवालाई अवलम्बन गरी अभियानको रुपमा सञ्चालन गरेको बताउँछन् । त्यस्तै, प्रहरी संगठन प्रमुखबाट जारी भएको १० बुँदे प्राथमिकतालाई अक्षरशः पालना गरी निर्देशनाअनुसार कार्य सम्पादन गरिरहेको पनि उनले जानकारी दिए । 

 

सो अवधिमा परिसरमा दर्ता भएका ९ सय ४५ वटा मुद्दाको अनुसन्धानमा आवश्यक निर्देशन प्रदान गरेको र दर्ता भएका मुद्दाहरुमा ११६५ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको ललितपुर प्रहरीले जानकारी दिएको छ । आव २०७३÷७४ मा रहेको कुल बेरुजु रकम ५ लाख ७९ हजार ५ सय ७७ आव २०७४÷७५ मा फछ्र्योट गरेको पनि परिसरले बताएको छ । 

 

एसएसपी ऐर आफू मातहतका सम्पूर्ण प्रहरी अधिकारीको सहयोगले नै जिल्लामा शान्तिसुरक्षा कायम राख्न सफल  भएको बताउँछन् । उनी भन्छन्, ‘प्रहरीको कर्तव्य नै जनताको शान्तिसुरक्षामा ध्यान दिनु हो । त्यसका लागि यहाँ सरुवा हुनेबित्तिकै सबै प्रहरीको साथ लिएर अहोरात्र खटियौं । यहाँका आम जनता, व्यवसायी, विद्यार्थी, पेशाकर्मीले शान्तिसुरक्षाको महसूस गर्नु नै हाम्रो लागि ठूलो कुरा हो । यहाँका स्थानीयको शन्तिसुरक्षाको प्रत्याभूतिका लागि निरन्तर लागिरहनेछौं ।’

 


थप समाचार

''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

  • 52 seconds ago
''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

साँखु, काठमाडौ । चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो । यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित वस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

  • 12 minutes ago
राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन् । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका हुन् ।

डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता

  • 17 minutes ago
डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता

न्यूयोर्क । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । यो सम्झौतासँगै फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य !

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र ०६ गते । बुधवार । इस्वी सन् २०१९ मार्च २० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि चतुर्दशी,०९ घडी ०२ पला, बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र पूर्वाफाल्गुनी, २४ घडी १४ पला, दिउँसो ०३ बजेर ५२ मिनेट उप्रान्त उत्तरफाल्गुनि ।

विचित्र विश्व

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।