बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउँछ : अध्यक्ष तिमिल्सिना
- बुधबार, ९ जेष्ठ, २०७५
- 8 months ago
- नेपाल

पर्वत । जिल्लावासीले आशा गरेअनुसार नै यस वर्षको बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउने आश्वासन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले दिएका छन् ।
विभिन्न क्षेत्रमा क्रियाशील अगुवाको मंगलबार साँझ भएको भेटघाट कार्यक्रममा तिमिल्सिनाले बारीबेनीदेखि पर्वत, स्याङ्जा हुँदै तनहुँ गैँडाकोट जोड्ने कालीगण्डकी लोकमार्गलाई राष्ट्रिय गौरबको योजनाका रुपमा बजेट विनियोजन हुने जानकारी दिए ।
कालीगण्डकीको देब्रे किनार हुँदै बन्ने यो लोकमार्ग बेनीदेखि गैँडाकोटसम्म बागलुङ हुुँदै जाने कालीगण्डकी करिडोरभन्दा ११० किलोमिटर छोटो पर्ने भएकाले यो सडकलाई पनि राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढाउन बजेट विनियोजन हुने तिमिल्सीनाले बताए ।
गुल्मीको रिडी हुँदै पर्वतको सेतीवेणीबाट डाँडैडाँडा लुंखु, आर्थर—चित्रे हुँदै भदौरेबाट पोखरा जोड्ने सडक पनि राष्ट्रिय गौरवको योजनामा समावेश हुने जानकारी तिमिल्सिनाले दिए । यो सडक तिमिल्सिनाकै पहलमा यसअघि क्षेत्रीय सडकका रुपमा काम भइरहेको थियो ।
यसैगरी प्रदेश नं ४ र ५ को आर्थिक, सामाजिक, पर्यटन तथा कृषि क्षेत्रमा ठूलो महत्व राख्ने एक हजार मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको पूर्व सम्भाव्यता अध्ययनका लागि यस वर्षको बजेटमा कार्यक्रम समावेश हुने पनि अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । पर्वत, बागलुङका स्थानीय तह तथा जनप्रतिनिधिहरुले यो परियोजना लागू गराउन अभियान थालेका छन् ।
यो परियोजना सञ्चालनमा आएमा एक हजार मेगावाट विद्युत् उत्पादन हुने, कालीगण्डकीमा ६० किलोमिटर क्षेत्रमा जल यातायात चलाई पर्यटक भित्र्याउन सकिने, कालीगण्डकी किनारका फाँटमा सिँचाइको सुविधा पु¥याउन सकिने सम्भावना छ ।
यसबाहेक कुस्मादेखि कैया जोड्ने मोटरेबल पुल, गिज्यान जोड्न मोदीखोलामा पुल, क्याङ जोड्न पातीखोलामा मोटरेबल पुल तथा पाङदेखि बागलुङ जोड्ने ५०० मिटर लामो झोलुङ्गे पुलका लागि पनि बजेट विनियोजन हुने उहाँले आश्वासन दिए ।
थप समाचार
व्यापारी युवराज खतिवडालाई पक्राउ
- 6 minutes ago

पोखरा । प्रहरीले पोखरामा ठेक्कापट्टा चलाउँदै आएका व्यापारी युवराज खतिवडालाई पक्राउ गरेको छ । कास्की प्रहरीले गाली बेईजती तथा डर धम्कीको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरेको हो । पोखरा ५ कि वडा सदस्
लगातार ओरालो लागेकाे शेयर बजारमा आज दाेहाेराे अंककाे वृद्धि
- 16 minutes ago

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ ।
भारतको मणिपुरबाट उद्धार गरिएका १७९ नेपालीलाई काठमाडौँ ल्याइँदै
- 23 minutes ago

काठमाडौँ । भारतको मणिपुरबाट उद्धार गरिएका १७९ जना नेपालीहरुलाई झापको काँकडभिट्टा ल्याइएको छ । मणिपुरको इम्फालबाट आइतबार १ सय ७९ नेपालीलाई एकैपटक उद्धार गरेको हो । माइती नेपालका अध्यक्ष विश्वर
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
विचित्र विश्व
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।