अपांगता दिवस च्यारिटीमा भाग लिन लण्डन आइपुगिन् रायमाझी

  • शनिबार, १५ मंसिर, २०७५
  • 5 months ago
  • युके

 

लण्डन । गुल्मी जिल्ला समाज यूकेले आयोजना गर्ने अपांगता दिवस च्यारिटी कार्यक्रममा भाग लिन आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझी लण्डन आइपुगेकी छन् । 

 

आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा हुने कार्यक्रमको विशेष अतिथि रायमाझी शुक्रबार सांझ लण्डन उत्रिएकी हुन् । 

 

रायमाझीलाई लण्डनको हिथ्रो विमानस्थलमा गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, उपाध्यक्ष फडिन्द्र भट्टराई, महासचिव शिव भण्डारी,  सहकोषाध्यक्ष राम सापकोटा , प्रवक्ता मञ्जु भण्डारी, सदस्य माया केसी , ज्ञान छन्त्याल लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए । 

 

 

आफ्नो दोस्रो बेलायत भ्रमणका क्रममा लण्डन उत्रिएकी आशा अपांग केन्द्रकी सञ्चालिका  रायमाझीले आफुलाई निमन्त्रणा गर्ने गुल्मी जिल्ला समाजप्रति कृतज्ञता व्यक्त गरिन ्।

 

समाजले वर्षेनी गर्दै आएको आर्थिक सहयोगबाट केन्द्र मार्फत  अहिलेसम्म गुल्मीका दर्जनौं अपांगता भएका व्यक्तिहरुले ठूलो सहयोग प्राप्त गरेको उनले बताइन् । 

 

पर्सीको च्यारिटी कार्यक्रममा आफुले आशा अपांग केन्द्रका गतिविधीहरुबारे जानकारी गराउन एक विशेष प्रिजेन्टेसन समेत गर्ने जानकारी उनले दिइन् । 

 

 

गुल्मी जिल्ला समाज यूकेले विश्व अपांग दिवसका अवसरमा हरेक वर्ष च्यारिटी कार्यक्रम गर्दै आएको छ ।

 

यस वर्षको कार्यक्रममा संकलन हुने कोषबाट आधा रकम आशा अपांग केन्द्रलाई सहयोग गर्ने र बांकी आधा रकम समाजका अन्य परोपकारी काममा अर्चिने समाजको योजना छ । समाजले यो कार्यक्रमबाट १० हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखेको छ । 

 

आइतबार दिउंसो ३ देखि राती ९ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा लोकदोहोरी गायिका सुशिला गौतम, प्रथम नौमति बाजा गुल्मी यूकेसहित विभिन्न स्थानीय कलाकारको प्रस्तुतिमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुंदैछन् । प्रस्तुति गर्ने केहि कलाकार शारीरिक अपांगता भएका समेत छन् ।


थप समाचार

सोसल मिडियामा जोडीको फोटो नहाने जागिर चट !

  • 8 minutes ago
सोसल मिडियामा जोडीको फोटो नहाने जागिर चट !

चीनको एउटा कम्पनीले आफ्नो कामदारको लागि अनौठो नियम ल्याएको छ । मेडिकल सौन्दर्य प्रशोधन उत्पादन गर्ने कम्पनीले कामदारलाई सामाजिक सञ्जालमा प्रेम प्रदर्शन गर्न आदेश दिएको छ ।

गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न, लाइटिङ र मार्किङको काम सुरु गरिने

  • 22 minutes ago
गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न,  लाइटिङ र मार्किङको काम सुरु गरिने

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अध

तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

  • 25 minutes ago
तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

काठमाडौं । सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुने गरी फैसला गरेको खुलेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

विचित्र विश्व

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ ।