अभिनेत्री गौरी मल्ल प्रधानमन्त्री, सिंहदरबारमा सम्हालिन कार्यभार

काठमाडौं । अभिनेत्री गौरी मल्ल फेरी प्रधानमन्त्री बन्ने भएकी छिन् । उनी साँच्चीकै देशकै प्रधानमन्त्री भन्न भने लागेको होइनन् । सर्च फर कमन ग्राउण्ड नेपाल (सर्च)को टेलिश्रृंखला ‘सिंहदरबार’को दोस्रो सिजनमा पनि अभिनेत्री मल्ल प्रधानमन्त्रीको भुमिका गर्ने भएकी हुन् । 

 

हाल निर्माणको क्रममा रहेको सिंहदरबारको सिजन–२ लाई ‘नुमाफुङ’ चलचित्रबाट चर्चामा आएका निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन् । शुभ मिडिया होमको निर्माणमा बनिरहेको टेलिश्रृंखलामा अभिनेत्री गौरी मल्ललाई फेरि पनि प्रधानमन्त्री आशा सिंहका रूपमा देख्ने सकिनेछ ।

 

‘प्रधानमन्त्री आशा सिंहले आफ्नो कार्यभार सम्हालेकी छिन, र यसपाली उनी गठबन्धन सरकारको नेतृत्व गदैछिन् , अभिनेत्री गौरी मल्लले प्रधानमन्त्रीको शैलीमा भनिन् । आफ्नो भूमिकाकाबारे अझ प्रष्ट्याउँदै उनी भन्छिन, ‘सिंहदरबारको दोस्रो श्रृंखलाको अंश बन्न पाउँदा म निकै उत्साहित छु, र त्यो पनि देश साँच्चिकै वृहत राजनीतिक परिवर्तनको बाटो भएर अगाडि बढिरहेको बेलामा । निकै राम्रोसँग अध्ययन र अनुसन्धान गरी तयार पारिएको स्क्रिप्टले नागरिक र नेतृत्वकर्ताहरूका लागि सुशासनको रोडम्यापका रूपमा कार्य गर्नेछ ।’

अभिनेत्री मल्लको सिंहदरबार टिम ।

दोस्रो श्रृंखलाले सिंहदरबारको पर्खालभित्र हुने राजनीतिक दृश्यहरूलाई दर्शकसामू ल्याउनेछ र चुनौतिको सामना गर्दै परम्परागत सोच बदलेर सहकार्यात्मक सँस्कारमा अगाडि बढ्न चाहने एक महिला प्रधानमन्त्रीको राजनीतिक यात्राका आरोह अवरोहहरूलाई उजागर गर्नेछ । 

 

सर्चले गरेको पछिल्लो सर्वेक्षणका अनुसार ६६.७० लाख दर्शकले सिंहदरबारको पहिलो श्रृंखला हेरेका छन् र ८६५ भन्दा धेरैले पहिलो श्रृंखला हेरिसकेपछि देशमा महिला प्रधामन्त्रीलाई स्वीकार गर्न आफू तयार रहेको बताएका छन् ।

 

३ भागको श्रृंखलाले वर्तमान समयको राजनीतिलाई प्रतिबिम्बित गर्दछ र देशलाई सकारात्मक बाटोतर्फ अगाडि बढाउनका लागि अघि सरेकी देशकी पहिलो महिला प्रधानमन्त्रीले सामना गर्नु परेका चुनौतिहरूलाई केलाउने प्रयत्न गर्नेछ । यो श्रृंखलाले संघीयता, असल शासन, नागरिकको मौलिक हक, समावेशीकरण तथा लैङ्गिक अल्पसंख्यकहरूका अधिकार जस्ता महत्वपूर्ण मुद्दाहरूलाई पनि अगाडि सार्नेछ ।

 

अमेरिकी सहयोग नियोग (युएसएड)को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड – नेपालले उत्पादन गरेको यो टेलिश्रृंखला यही असारको अन्तिम साता प्रसारण गर्ने लक्ष्य राखिएको छ । श्रृंखलाको दोस्रो सिजनमा कलाकारहरू गौरी मल्ल, रमेश रञ्जन झा, प्रमोद अग्रहरि, हेमन्त चालिसे, आलोक थापा, प्रकाश घिमिरे, बादल भट्ट आदि प्रमुख भूमिकामा देखिनेछन् ।


थप समाचार

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

  • 5 hours ago
राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

  • 6 hours ago
एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग

पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

  • 9 hours ago
पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

काठमाडौँ । पक्राउ परेकाे डेढ महिनापछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्व



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।