दुर्इ सय मिटर फ्रिस्टाइल पाैडीमा गाैरिका सिंह हिट चरणबाटै अाउट

काठमाडौँ । इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् । 

 

हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२।३२ सेकेण्डले पछि परिन् । 

 

यसअघि गौरिका १०० मिटर फ्रिस्टायलको पनि हिट चरणबाटै बाहिरिएकी हुन् । अब उनले शुुक्रबार महिला ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । 

 

आजै भएको १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका शुभम् श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए । उनी आफ्नो हिटमा आठ खेलाडीमध्ये तेस्रो भएका थिए । 

 

एक मिनेट ११.३७ सेकेण्डमा निर्धारित दूरी पार गरेका उनी समग्रमा २७ औँ स्थानमा रहे । यो स्पर्धामा ३२ खेलाडीले भाग लिएका थिए । 

 

अब पौडीमा शिरिष गुरुङले १०० मिटर फ्रिस्टायलमा बिहीबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै टिशा शाक्यले ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 3 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 4 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 4 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।