अगस्ट १२ मा बेलायतमा आयोजना हुंदै विश्व नेपाली साहित्य सम्मेलन

  • सोमबार, २१ साउन, २०७५
  • 1 month ago
  • युके

लण्डन । यहि अगस्ट १२ तारिखका दिन बेलायतको केन्टवरमिा विश्व नेपाली साहित्य सम्मेलन आयोजना हुंदैछ । 

 

गत शनिबार सम्मेलनका आयोजक तथा व्यवस्थापक समितिले एक पत्रकार सम्मेलन गरि युकेको  पवित्र साहित्यिक भूमि क्यान्टवरीमा सम्मेलन हुने जानकारी गराएको हो ।

 

विश्व नेपाली साहित्य महासंघ  केन्द्रीय कार्यसमिति एवं विभिन्न २० मुलुकमा फैलिएको २७ शाखाहरुको आयोजना र युकेको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा यो सम्मेलन गर्न लागिएको छ ।

 

महासंघका विभिन्न मुलुकका प्रतिनिधी, नेपालबाट यस सम्मेलनको निम्ति आमन्त्रित प्रोफेसर तुलसी दिवस, प्रा डा गोविन्द भट्टराई लगायत, प्राडा. नोवलकिसोर राई, समालोचक खगेन्द्र संग्रौला, भारतीय हिन्दी साहित्यकार तेजेन्द्र शर्मा, जर्मन प्रोफेसर बि च्यान्लरको उपस्थिती रहनेछ । सम्मेलन क्यान्टवरी सिसि यूनिभर्सिटीको हलमा सम्पन्न हुनेछ । सम्मेलनमा आमन्त्रित अतिथिहरु लगायत पूर्व राजदुत मुरारीराज शर्मा, विजय हितान, भावेश भुमरी आदिको प्रिजन्टेसन समेत हुनेछ । कार्यक्रम युकेका निम्ति नेपालका राजदुत महामहिम डा.दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा हुनेछ ।

 

सम्मेलन ४ दिवसिय हुनेछ । ११ अगष्टमा सम्मेलनमा सहभागि हुन आउने पाहुनाहरुलाई दुतावासमा स्वागत कार्यक्रम राखिएको छ । दोस्रो दिन १२ अगष्टमा मुख्य सम्मेलन, तेस्रो दिन १३ अगष्टमा साहित्यिक भ्रमण र चौथो दिन १५ अगष्टमा सम्मेलन सहआयोजक नेपाली साहित्य विकास परिषदद्धारा स्वागत कार्यक्रम रात्रीभोज सहित भेटघाट कार्यक्रम हुने भएको छ ।

 

सम्मेलनमा नेपाली साहित्यमा सच्चयाउनु पर्ने, सुधार र विकास गर्नुपर्ने ज्यादै महत्वपूर्ण विषयहरुमाथि गम्भिर छलफल र बहस हुनेछ । प्रवेश निशुल्क रहनेछ । यस सम्मेलनको निम्ति ५७ सदसिय आयोजक तथा व्यवस्थापक समिति पनि निर्माण गरिएको संयोजक केदार सुनुवार संकेतले जानकारी दिए । पत्रकार सम्मेलनमा संयोजक संकेत, केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेला, साहित्य महासंघ साउथ वेष्ट शाखाका अध्यक्ष लालसुन्दर राई र साउथ ईष्ट शाखाका सदस्य अमित थेवे लगायतको उपस्थितिरहेको थियो । पत्रकारका प्रश्नका उत्तर अध्यक्ष तिगेला र संयोजक संकेतले दिएका थिए ।

 

सम्मेलनमा विभिन्न ५ वटा कृति विमोचन हुनेछ भने पूर्व घोषित सम्मानहरु वितरण गरिनेछ । सम्मेलन भव्य र सभ्य बनाउन आयोजकले सबैसंग साथ र सहयोगको लागि आग्रह पनि गरेका छन् ।

 


थप समाचार

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

  • 4 hours ago
राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

  • 5 hours ago
एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग

पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

  • 8 hours ago
पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

काठमाडौँ । पक्राउ परेकाे डेढ महिनापछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्व



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।