सिड्नीको जर्जेज रिभर काउन्सिलले गर्यो नेपाली समुदायलाई स्वागत

सिड्नी । सिड्नीको दक्षिणमा रहेको जर्जेज रिभर काउस्सिलले नेपाली समुदायको लागि स्वागत तथा जानकारी सत्र कार्यक्रम सम्पन्न गरेको छ ।

२६ सेप्टेम्वर बुधवार काउन्सिलको सिभिक थिएटरमा भेला भएका स्थानिय नेपाली समुदायलाई काउन्सिलका पदाधिकारीहरुले स्वागत गर्दै उपलब्ध सेवा र सुविधाहरुको बारेमा जनकारी दिएका थिए ।

काउन्सिलकाे समुदाय बिकास कार्यक्रम प्रमुख स्कट एन्ड्रुले जर्जेज रिभर काउन्सिलको बारेमा जानकारी दिदै नेपाली समुदायको तथ्याङ्क प्रसतुत गरेका थिए । स्कट एन्ड्रुका अनुसार अहिले जर्जेज रिभर काउन्सिलमा करिव ५ हजार भन्दा बढी नेपाली समुदायको बसोवास रहेको छ । काउन्सिलमा नेपाली पाँचौ धेरै बोल्ने भाषा रहेको छ । यहाँ नेपाली साँगै म्यान्डरिन, क्यान्टोनिज, ग्रिक र अरबिक भाषा टप पाँचमा छन् ।

कार्यक्रममा काउन्सिलको फोहोर मैला ब्यवस्थापन, नयाँ संरचना निर्माण गर्दा अनुमति प्रक्रिया, हरियाली, पार्क र रुख कटान लागएका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा सहभागिहरुले स्थानिय संग्रालय, पुस्तकालय र काउन्सिलको ग्राहक सेवा क्षेत्रको स्थलगत भ्रमण पनि गरेका थिए ।

सहभागिहरुले काउन्सिलमा नेपाली दोभाषेको ब्यवास्था गरिनु पर्ने, स्थानिय पुस्तकालयमा नेपाली भाषामा प्रकासित पुस्तकहरु थप्नु पर्ने, नेपाली समुदायका सदस्यहरुले प्रयोग गर्दै आएको कोग्राको होपगेन पार्कमा बेन्च र टेबलको संख्या थप्ने पनि सुझाव दिएका थिए ।

नेपाली समुदायका अगुवा डा नारयण प्रधान, पेन्सहस्ट नेपाली समुदायका अध्यक्ष लक्ष्मण श्रेष्ठ, नेपाली अभिभावकहरु यम शाह र राजन शक्यले काउन्सिलका पदाधिकारीलाई बिभिन्न जिज्ञासाहरु राखेका थिए । 

जर्जेज रिभर काउन्सिल र एड्भान्स डाईभर्सिटी सर्भिसेजले नेपाली समुदायका लागि ओपन डे  आयोजना गरेको हो । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 51 minutes ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 1 hour ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 1 hour ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व