स्टेभन जेरार्डः व्यवसायिक खेलाडीदेखि प्रशिक्षक सम्मको जिम्मेवारी

  • बुधबार, २५ पुष, २०७५
  • 1 week ago
  • खेल

एजेन्सी । विश्व फुटबल जगतका एक अविस्मरणीय खेलाडी हुन् स्टेभेन जेरार्ड । उनको जन्म सन् १९८०, मे ३० मा विस्टन, इंग्ल्याण्डमा भएको थियो । कार्डिनल हिनान क्याथोलिक हाइ स्कुलमा भर्ना भएको केही समय पछि उनले फुटबलप्रति आकर्षित भए । 

 

९ वर्षको उमेरमा उनी लिभरपुल एकेडमीमा भर्ना भए । 

 

सन् १९९७, नोभेम्बरमा, १७ वर्षको उमेरमा उनले व्यवसायिक फुटबल करिअर लिभरपुल क्लबबाट सुरु गरे । सन् १९९९–२००० सम्म उनले खासै खृेल्ने समय पाएनन् । प्रशिक्षकले उनलाई सब्सिच्युटमा खेलाउने गर्थे । अन्ततः उनले सिल्डफिल्डविरुद्धको खेलमा गोल गरे । उक्त खेल लिभरपुलले ४–१ ले जित्न सफल भएको थियो । 

 

सन् २०००–२००१ को सिजन उनको लागि विशेष रह्यो । घाइते भएर केही समय आराम गरेका उनले सानदार कमव्याक गरे । उनले त्यस सिजन लिभरपुलका लागि १० गोल गरे । 

 

सन् २००३ को मार्च महिनामा म्यानचेस्टर युनाइटेडविरुद्ध भएको खेलमा उनले सानदार गोल गरे । फुटबल लिग कप फाइनल खेलमा उनले  र माइकल ओएनले गोल गरेका थिए । 

 

सन् २००५ मा भएको लिग कप फाइनल खेलमा उनले आत्मघाती गोल गर्दा लिभरपुल चेल्सीसँग ३–२ गोलले पराजित भएको थियो । उनले उक्त सिजन ५३ खेलमा २३ गोल गरेका थिए । 

 

सन् २००८–२००९ को सिजनमा आइसक्दा उनले लिभरपुलका लागि ३०० खेल खेलिसकेका थिए । उत्तःm सिजन उनले ब्ल्याकबर्न रोभर्सविरुद्ध पहिलो गोल गरे भने सम्रग सिजनमा २१ गोल गरेका थिए । सोही सिजन उनले लिभरपुलका लागि पिएसभीविरुद्ध व्यक्तिगत १०० गोल पुर्याए ।

 

सन् २००९ मा युरोपियन खेलमा उनले एकसय औ खेल रियल मड्रिडविरुद्ध खेलेका थिए । उक्त खेल लिभरपुलले ४–० गोलले जितेको थियो । 

 

सोही सिजन लिभरपुलका लागि ५०० औ खेल उनले व्ल्याकबर्नविरुद्ध खेलेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । सन् २०१५ मा उनले लिभरपुल क्लब छाड्दै अमेरिकन क्लब एलए ग्यालेक्सी मेजर लिग सकरका लागि अनुबन्ध भए । क्लब अमेरिकाविरुद्ध उनले डेब्यु खेल खेलेका थिए । उनले उक्त सिजन जम्मा १३ खेलमात्र खेलेका थिए । 

 

सन् २०१६ को नोभेम्बरमा कोलोराडो र्यापिडविरुद्ध अन्तिम खेल खेले । अन्तराष्ट्रिय फुटबलमा पनि देशका लागि उतिनै योगदान दिएका उनले सन् २००१ मा जर्मनी विरुद्ध गोल गरेका थिए । सन् २००२ मा भएको विश्वकप छनोट खेलमा जर्मनी इंग्ल्याण्डसँग ५–१ गोलले पराजित भएको थियो । सन् २००६ मा भएको विश्वकपमा उनले स्विडेन र ट्रिनीडाड एण्ड टोबागोविरुद्ध गोल गरेका थिए । 

 

सन् २०१० मा पनि विश्वकप छनोटमा इंग्ल्याण्डको साख जोगाउन उनले महत्वपुर्ण भुमिका खेले । सन् २०१२ मा भएको युरोकप खेलमा उनी कप्तानको भुमिका देखिए । सन् २०१४ मा उनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । उनले इंग्ल्याण्डका लागि ११४ खेलमा २१ गोल गरे । 

 

१८ वर्ष फुटबल जीवन बिताएका उनले अन्ततः सन् २०१६ मा व्यवसायिक फुटबलबाट सन्यास लिएका थिए । उनले लिभरपुलका लागि ७०८ खेलहरु खेले । यसबीच उनले १८५ गोल गरे । १८५ गोल मध्ये उनले ११९ गोल लिगमा गरेका थिए । उनलाई चुनोती दिने एकमात्र इंग्ल्याण्ड खेलाडी हुन् फ्रयाक लामपार्ड । जेरार्ड लिभरपुलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीको पाँचौ स्थानमा रहेका छन् । उनी पछिल्लो समय प्रशिक्षकको रुपमा करिअर बनाइ लागि परेका छन् । एउटै क्लबबाट ५०० भन्दा बढी खेल खेल्ने उनी तेस्रो खेलाडी हुन् । 

 

पछिल्लो खेलाडीहरुको मनशाय हेर्दा उनीहरु क्लब विभिन्न जान ललायित देखिन्छन् । तर, जेरार्ड यस्ता खेलाडी हुन् जसलाई चेल्सी, म्यानचेस्टर, रियल मड्रिड जस्ता क्लबले अफर गर्दा समेत उनी लिभरपुलमा नै बस्न रुचाए । रायन गिग्स, जेम्मी कारागार पश्चात जेरार्ड एउटै क्लबबाट ५०० भन्दा बढी खेल्ने खेलाडी हुन् । 

 

सन् २००७ मा उनले एलेक्स कुरानसँग विवाह भएको थियो । उनका तीन जना छोरीहरु रहेका छन्ः लिली इला, लेक्सी र लोरडेस । खेलकुदमा अतुलनिय योगदान दिएको भन्दै सन् २००७ मा उनलाई महारानीको आदेशमा ब्रिटिश सामराज्यको सदस्य समेत बनाइएको थियो । 

 

उनको सबैभन्दा अविस्मरणिय खेल सन् २००५ को च्याम्पियन्स लिगको फाइनलमा एसी मिलान विरुद्ध रह्यो । उक्त खेलमा लिभरपुल पहिलो हाफमा तीन गोल पछि परेको थियो । तर, दोस्रो खेलमा सानदार कमव्याक गर्दै लिभरपुलले च्याम्पियन्स लिगको उपाधि उचाल्न सफल भएको थियो । 

 

 

गएको सिजनदेखि स्कटिस क्लब रेन्जर्र्सको प्रशिक्षकको जिम्मेवारी सम्हालेका जेरार्डले लिग लिडर सेल्टिकलाई च्यालेन्ज दिइरहेका छन् । २० खेल खेलेको सेल्टिकको ४२ अंक रहेको छ भने २१ खेल खेलेको रेन्जर्सको पनि ४२ रहेको छ । यस सिजन उपाधिका लागि रेन्जर्सले कडा चुनौती दिएको छ । खेलाडी जीवन सुखद र सफल रहेको जेरार्डको कोचिङ यात्रा पनि सफल रहने फुटबल विश्लेषकहरु बताउँछन् । 

 


थप समाचार

संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

  • 23 minutes ago
संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो ।

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

  • 2 hours ago
बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार सांझ बेलायती संसद (हाउस अफ कमन्स) मा मतदान हुंदैछ ।

मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

  • 6 hours ago
मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

नुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।