सेप्टेम्बर २३ मा प्लमस्टिडमा जिगेसाको दशैं तिहार शुभकामना कार्यक्रम

  • मंगलबार, २ असोज, २०७५
  • 4 months ago
  • युके

 

लण्डन । ग्रिनविच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) ले दशैं तथा तिहारको उपलक्ष्यमा एक शुभकामना कार्यक्रम  गर्ने भएको छ । 

 

यहि सेप्टेम्बर २३ आइतबारको सांझ प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा 'दशैं तिहार शुभकामना सांझ २०१८'  गर्न लागिएको हो । 

 

जिगेसाले सन् २०११ देखि नै हरेक वर्ष दशैंतिहार शुभकामना कार्यक्रम गर्दै आएको छ । यसपटकको कार्यक्रममा विभिन्न मनोरन्जनात्मक  तथा सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिने भएको छ । सांझ ५ बजेदेखि राती १० बजेसम्मका लागि कार्यक्रम निर्धारित छन् । 

 

लोकदोहोरी गायिका चन्द्रा कार्कीको साथमा विभिन्न स्थानीय कलाकारहरुले गीत तथा नृत्यसहितका कार्यक्रम देखाउनेछन् । कौडा नाच, सालैजो, लोकदोहोरी लगायतका मौलिक सांस्कृतिक प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण रहने आयोजक जिगेसाकी अध्यक्ष लिलादेवी गुरुङले बताएकी छन् । 

 

कार्यक्रममा अतिथीका रुपमा स्थानीय काउन्सिलरहरुसहित बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरु निम्त्याइएको छ । 

 

कार्यक्रममा सहभागिताका लागि अध्यक्ष लिलादेवी गुरुङले सम्पुर्ण लण्डनबासी नेपालीहरुलाई अपील गरेकी छन् । कार्यक्रममा सहभागिताको लागि मात्र १० पाउण्डको टिकट राखिएको छ । 

 

 


थप समाचार

गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

  • 9 hours ago
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।

काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

  • 10 hours ago
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग

इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

  • 10 hours ago
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।