गृहपृष्ठ ∕
अर्थ ∕
महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने
काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने भएको छ। यस विषयमा महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग बैंकले समझदारी गरेको छ।
महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्धत पुर्याउने उद्देश्यले बैंकले उक्त बगैंचा मर्मतसम्भार गर्न समितिसँग सम्झौता गरेको जनाइएको छ।
बैंकले २०७७ सालमा बगैंचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ। बैंकले इच्छुक दर्शनार्थीहरुलाई मन्दिरमा डिजिटल दान÷भेटी प्रदान गर्न सहजता पुर्याउने हेतुले क्युआर कोडको व्यवस्था गरेको छ।
समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्र आदानप्रदान गरेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ
काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।
काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १
काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय
काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको
काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले