IIMS College

ISMT

HUB Education

जिनर्जीले ल्यायो कम्युनिटी स्किम , कोर्डिनेटरको जिम्मेवारीमा मेग

  • शनिबार, ५ पुष, २०७६
  • 2 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

 लण्डन । बिजुली र ग्याँस वितरण गर्दै आएको जिनर्जीले नेपालीकम्युनिटीका लागि नयाँ स्किम बाहिर ल्याएको छ ।

 

यसअघि अपरेसन मेनेजरको रुपमा रहेका मेग गुरुङले नेपाली कम्युनिटीसंग समन्वय गर्ने जिम्मेवारी पाएसंगै उनले नेपाली कम्युुनिटीलाई सहयोग गर्ने उद्देश्य अनुरुप नयाँ स्किम बाहिर ल्याएका हुन् ।

 

उनका अनुसार कुनै पनि कम्युनिटीमार्फत कम्तिमा १० वटा घरले बिजुली र ग्याँसको ग्राहक बनेमा प्रति घर २० पाउण्डको दरले बार्षिक २०० पाउण्ड पाउनेछन् । सोही अनुसारग्राहक संख्याको आधारमा सो रकम वृद्धि हुदै जानेछ ।

 

जिनर्जीले ब्रोकरलाई दिदै आएको रकम सिधैं नेपाली कम्युनिटीलाई दिएमा कम्युनिटी पनि आफ्नो उद्देश्यमा अघि बढ्न सहयोग हुने विश्वासका साथ सो नयाँ योजना बजारमा ल्याइएको गुरुङ बताउँछन् । आफूहरुले  कम्युनिटीलाई मात्र नभएर सम्बन्धित ग्राहकलाई समेत शुरुमा ५० पाउण्डको क्रेडिट उपलब्ध गराउदै आएको र संगसंगै बजारभाउमा समेत अरु इनर्जीको तुलनामा सस्तो हुने गुरुङको भनाई छ ।

 

प्रति घर वार्षिक २० पाउण्ड प्रदान गर्ने योजना सानो देखिएता पनिकुनै पनि संस्थामार्फत एक हजार घर ग्राहक बनेको अवस्थामा प्रत्येक बर्ष सोसंस्थाले २० हजार पाउण्ड पाउने छन् । जसबाट नेपाली कम्युनिटीले अझ च्यारिटीमा थपसहयोग गर्न सक्ने विश्वास लिइएको छ ।

 

जिनर्जी भूतपूर्व ब्रिटिश गोर्खाजहरुको सक्रियतामा सन् २०१३ सालमा स्थापना गरेको संभवता पहिलो नेपालीहरुले संचालन गरेको इनर्जी कम्पनी हो ।जिनर्जीले कम्पनी स्थापना भएको ६ बर्षमा २२ जना नेपाली फ्रेश ग्रेज्यूयटलाई रोजगार प्रदान गरेको छ भने करीब २० हजार भन्दा बढी मिटर पोइन्ट जोडेर थुप्रै ग्राहक बनाउन सफल भएको छ ।

 

त्यस्तै, जिनर्जीले आफ्ना ग्राहकहरुको सेवा, सुविधा र फाईदालाई ध्यानमा राखेर विभिन्न कम्पनीहरुसंग सहकार्य गरेकोसमेत जनाइएको छ । जसअनुसार हालै होम ट्रि संग पहिलो समझदारी भएको छ । जसले प्रतिस्पर्धात्मक दरमा ग्याँस बोइलर सर्भिस र होम कियर इन्स्योरेन्स गर्दछ ।संगसंगै ७५ पाउण्डको एमाजन भौचर समेत प्रदान गर्नेछ ।

 

बेलायतका अधिकांश शहरमा सेवा उपलब्ध गराउन सकिने जिनर्जीमा अंग्रेजी,नेपाली र हिन्दी ३ भाषामा कुरा गर्न सकिने छ । त्यस्तै, जिनर्जीको नयाँ स्किमबारे बुझ्न चाहेमा ०१२५२४९४१४१ फोन नम्बर वा community@gnergyuk.comईमेलमार्फतसम्पर्क गर्न सकिने छ । त्यस्तै, विस्तृत जानकारीका लागि www.gnergyuk.com मा जान सकिने छ ।

 


थप समाचार

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 1 minute ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।

'सबैलाई दोष लगाउँदा वास्तविक चोर उम्कन सक्छ'

  • 5 minutes ago
'सबैलाई दोष लगाउँदा वास्तविक चोर उम्कन सक्छ'

काठमाडौँ । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ, महादेवस्थान, सतुङ्गल इचङ्गुलगायत क्षेत्रको जग्गा दर्ता गर्ने आफ्नो सरकारको पालामा गरिएको निर्णयमा

पोखरामा सैनिक अस्पताल सञ्चालनमा

  • 15 minutes ago
पोखरामा सैनिक अस्पताल सञ्चालनमा

पोखरा । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।