८ बुंदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा सम्पन्न

  • बिहीबार, ३१ साउन, २०७५
  • 11 months ago
  • युके
Education Park

लण्डन । गत आइतबार बेलायतको  क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुंदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ ।

 

विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र यूकेको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो ।

 

यूकेका लागि नेपालका राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ समालोचक प्रा डा. गोविन्दराज भट्टराई र केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले सयुंक्त रुपमा दीप प्रज्वलन गरि समुदघाटन गरेका थिए । 

 

व्यवस्थापन संयोजक तथा केन्द्रीय सचिव केदार सुनुवार संकेतले सम्मेलनमा सहभागी सबैलाई स्वागत गर्दै स्वागत मन्तव्य दिए । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सम्मेलनको सफलताको लागि शुभकामना दिए । कवि दिवसले नेपाल भित्र बोलिने सम्पुर्ण भाषाहरुको साहित्य नेपाली साहित्य रहेको बताए । 

 

सम्मेलनमा विभिन्न ५ शिर्षकमा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । जर्मन प्रोफेसर बि सेन्लरले पल्पसा क्याफे उपन्यास र बुद्धत्व सम्बन्धमा एक कार्यपत्र प्रस्तुत गरे ।  प्रा डा. भट्टराईले विश्व साहित्यमा नेपाली साहित्यको स्थान सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली साहित्यका कृतिहरु पुगेका लाईब्रेरी संख्याको तथ्यांक पस्किए ।  नेपाली गीत लेखनको बारेमा गीतकार भावेश भुमरी, बेल्पाली नेपाली साहित्यकार र युद्ध साहित्यबारे विजय हितान, नेपाली साहित्यको चिन्तन, परिभाषा र लेखनमा सुधारको अपरिहार्यता बारेमा अध्यक्ष तिगेलाले कार्यपत्र प्रस्तुत गरे ।   

 

नेपाली साहित्यको विकृति तथा प्रवासी साहित्यकारहरुको बारेमा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला र समग्र नेपाली साहित्यको बारेमा प्रा डा. नोवल किसोर राईले मन्तव्य राखे । त्यसैगरि आमन्त्रित अष्ट्रियाबाट सहभागी सेला स्टेनरले साहित्यकार झमक घिमिरेको विषयमा बनेको फिल्मको ट्रेलर सहित जानकारी गगराइन् भने भारतको भाक्सुबाट मित्रसेन प्रतिष्ठानकी संरक्षक वयोवृद्धा प्रतिमा दोधराज पनि सम्मेलनमा सहभागी थिइन् । 

 

 

साहित्य महासंघले प्रदान गर्ने नेपाली साहित्यको दूत (सगरमाथा) २०१८ कवि दिवसलाई प्रदान गरियो भने नेपाली साहित्य दूत (धौलागीरी) २०१८ श्रीमति लक्ष्मी राई थापा (लारा) लाई ताम्रपत्र सहितको सम्मान प्रदान गरियो ।

 

सो अवसरमा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुको बाहुलीबाट पालैपालो सात वटा पुस्तकहरु लोकापर्ण भएका थिए ।  जसमध्ये विश्व नेपाली महासंघमा आबद्ध स्रष्टाहरुको संकलित रचनाहरुको संगालो ‘बिनेसाम दर्पण“, मस्को निवासी कृष्ण प्रसाद श्रेष्ठद्धारा रसियनबाट नेपालीमा अनुवादित कविता कृति ‘रुसी पल्लव“, प्रा डा. गोविन्दराज भट्टराईको ‘मेरो पहिलो बेलायत यात्रा“, विश्व नेपाली साहित्य महासंघ केन्द्रीय सहसचिव सुनिता राई कन्दङवाको ‘एक जुवा घाम“ नामक कविता कृति, बेल्पाली कवि जानु काम्बाङको ‘नउघ्रेको जुन“ र अर्का बेल्पाली साहित्यकार केदार संकेतको ‘बुद्धल्याण्ड टु मदरल्याण्ड“को लोकार्पण गरिएको थियो । 

 

कार्यक्रमको बीचबीचमा बांसुरी समुहका तर्फबाट सुरेन्द्र ईंगनाम, सेमन्त राई, भरत लोहरुङ र सांरगी ग्रुपबाट डम्बर सिंबाट मीठा सांगीतिक धुनहरु प्रस्तुत गरिएको थियो ।  त्यस्तै मलियना, विना र नेहाले नृत्य देखाएका थिए भने गायक थीर थापाले सुमधुर गीत पस्केका थिए ।

 

सम्मेलनको अन्तमा सम्मेलन संयोजक तथा सचिव केदार सुनुवार ‘संकेत“ले ८ बुंदे घोषणापत्र जारी गरे । सम्मेलनका सहभागिहरुलाई ब्याकपाइप बजाएर सबैलाई स्वागत र विदाई गरिएको थियो भने खाना ब्रेक तथा कार्यक्रमको सुरुवात पनि पाइप बजाएरै जनाउ दिईएको थियो । कार्यक्रमलाई विनेसाम साउथ वेष्ट स्वीन्डन शाखाकी महासचिव जानु काम्बाङ र केन्द्रीय सचिव संकेतले संचालन गरेका थिए ।  

 

सम्मेलनको समापनलगत्तै सहआयोजक साहित्य विकास परिषदद्धारा क्यान्टवरीको चमचम रेष्टुरेष्टमा स्वागत तथा रात्रीभोजको कार्यक्रम गरिएको थियो । सम्मेलनको अर्को दिन पूर्वयोजना अनुसार साहित्यिक भ्रमण अन्तर्गत १८ औ शताब्दिका चर्चित साहित्यकार डिकिन्सको घर ब्रोडस्टेयर्सको यात्रा भयो भने साँझपंख सम्मेलनको निम्ति नेपालबाट आमन्त्रित तथा सहभागी पाहुनाहरुको स्वागत तथा सम्मानमा नेपाली दूतावासमा रात्रीभोजको आयोजना भयो । यसअघि पहिलो सम्मेलन सन् २०१३ अक्टोबर २५ का दिन काठमाडौमा सम्पन्न गरि ११ बुंदे घोषणापत्र जारी गरिएको थियो । 

 

घोषणापत्र :

आज मिति १२ अगष्ट २०१८ का दिन विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समिति र विश्वभरका २७ शाखा र सहआयोजक नेपाली साहित्य विकास परिषद यूकेको आयोजनामा क्यान्टवरी क्राइस चर्च युनिभर्सिटीको हलमा सम्पन्न दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले निम्न ८ बुंदा घोषणा गर्दछ ।

 

१ नेपाल भित्र बोलिने सबै (मातृ) भाषाहरुको साहित्य तथा नेपाली पहिचान भएका र नेपाली परिचयमा गौरव गर्नेले आफ्नो मातृभाषामा लेखेका साहित्यलाई नेपाली साहित्य मान्ने परम्परामा गौरव गर्दछ ।

२. नेपाली (खस जुम्ली) भाषालाई देवनागरी लिपीमा लेखिएको साहित्य नेपाली पहिचान र प्रतिष्ठा भई सकेकोले यसको श्रीवृद्धिको निम्ति हरप्रकारको कार्य गर्ने प्रतिबद्धता जारी गर्दछ ।

३. नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने कार्यलाई निरन्तरता दिने ।

४. नेपाली वर्ण विन्यास २०६० र मानक नेपाली भाषा अभियान २०७४ दुवैको योगदानको उच्च सम्मान गर्दै नेपाली लेखनलाई ध्वनी विज्ञान सम्मत लैजान आग्रह गर्दछ ।

५. नेपाल भित्र बोलिने १२५ भाषाहरु मध्ये झण्डै २ दर्जन भाषाका कविताहरुलाई अन्य भाषामा अनुवाद सहित प्रकाशन गर्ने प्रतिबद्धता गर्दछ । 

६. देश बाहिर रहेको नेपाली साहित्यका स्रष्टाहरुलाई उपेक्षा गर्ने प्रचलन प्रति दुःख व्यक्त गर्दै अब दया र भिख होइन गुणस्तरको आधारमा मुल्याङ्कन गरि सम्मान होस् भनी जोडदार माग गर्दछ ।

७. नेपाली युद्ध साहित्यको सिर्जना यथेष्ठ भईसकेकोले नेपाली साहित्य आकासमा यसको व्यापक पठनपाठन होस् भन्ने माग गर्दछ ।

८. यस सम्मेलनलाई सम्पन्न गराउन साथ सहयोग गर्नुहुने २० मुलुकका २७ शाखाहरु, सहयोगदाताहरु लगायत साथ सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 

 

-राजु सुब्बा

 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 7 hours ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 8 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 8 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।