हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँः सञ्चारमन्त्री बाँस्कोटा

  • बुधबार, ७ फागुन, २०७६
  • 3 months ago
  • नेपाल

राँझा  । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् । 

 

गोरखापत्र प्रकाशनद्वारा बुधबार आयोजित कोहलपुर संस्करणको शुभारम्भ समारोहमा उहाँले सरकारले दिनदिनै नयाँ र दीर्घमहत्वका काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै गएको बताए । 

 

“समृद्धि र सुख कुनै बाटो, पुल, खानेपानी र ढल जस्तो होइन, यो एउटा राष्ट्रिय चिन्तन प्रणालीसहितको लम्बेयात्राका रुपमा बुझ्नु पर्दछ”, उनले भने, “मान्छेहरु भन्छन् जनता निराश भएको छ । केही भएन । आलोचना गर्न पाइन्छ तर, भएका काम देखाउन नसक्ने कुराले चाहिँ वास्तवमा पछि असत्य सावित हुन्छ र हामी त्यसैको प्रतीक्षामा छौँ ।”

 

मन्त्री बाँस्कोटाले सरकारप्रति जनता खुशी रहेको र अझै खुशी बनाउन लागि परेको बताउँदै “सम्पूर्ण सफलता हासिल गरेका छैनौँ । शुरुआत हो । अहिलेको सरकार चटके सरकार होइन । हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँ ।” 

 

उनले सरकारले हरेक दिन देश एककदम अगाडि बढ्ने गरी काम गरिरहेकाले अब देश पछाडि फर्किन नसक्ने बताए । “सरकारले काम गरिरहेको छ, एउटा त आजैको गोरखापत्र कोहलपुर संस्करणको कुरा हेरौँन । यो पनि काम हो । त्यसैले हामीले भनेका छौँ, हरेक दिन एककदम अगाडि । अब देश पछाडि फर्किन सक्दैन”, मन्त्री बाँस्कोटाले भने । 

 

गोरखापत्र सरकारी नभई जनता र राज्यको भएको उल्लेख गर्दै उनले भने, “गोरखापत्र सरकारी होइन । गोरखापत्रले सबैका कुरा समेट्छ । सबैका कुरा यसमा आउँछ, पढ्दै नपढेर सरकारीकरण ग¥यो भन्नु गलत कुरा हो ।”


थप समाचार

बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

  • 7 minutes ago
बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

काठमाडौँ । बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा रहेका एकजना पुरुषको मृत्यु भएको हो । भारतबाट फर्किएको दिन उनक

हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

  • 13 minutes ago
हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

काठमाडौँ । जर्मनको घरेलु लिग बुन्डेसलिगामा हेर्थाविरुद्ध डर्टमण्डले साँघुरो जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा हेर्थाविरुद्ध डर्टमण्डले १–० गोलको जित निकालेको हो ।

आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

  • 15 minutes ago
आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

वीरगञ्ज । स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।