IIMS College

ISMT

HUB Education

‘एक आँखो चिम्लिने त शिकारी हुन्छ, प्रेसले चाहिँ दुइटै आँखा खुल्ला गर्नुपर्दछ’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बाँके । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसले दुइटै आँखा खुल्ला गरी हेर्नुपर्ने बताएका छन् । ‘एक आँखो प्रेस हुँदैन। एक आँखो चिम्लिने त शिकारी हुन्छ। प्रेसले चाहिँ दुइटै आँखा खुल्ला गर्नुपर्दछ,’ उनले भने, ‘अहिलेको प्रवृत्ति कस्तो छ भने शिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ, तर जति ठोके पनि केही फरकै पर्दैन। हामी काम गरिरहन्छौं र काम गर्न छोड्दैनौं।’

 

मन्त्री बाँस्कोटाले मिडिया क्षेत्रमा ठूलो परिवर्तन आएको उल्लेख गरे।

 

‘अब मिडिया यति सवल हुँदैछ कि वास्तविक रूपमा हामीले नेपाली प्रेसको आर्थिक सवलीकरणको मुद्दालाई उठाएका छौँ, विज्ञापन ऐनमार्फत त्यसलाई हामीले सुदृढीकरण गरेका छौं, अगाडि बढाएका छौँ,’ गोरखापत्र प्रकाशनको कोहलपुर संस्करणको शुभारम्भ समारोहमा बुधबार उनले भने।

 

पूर्वाग्रह नराखिकन तथ्यपूर्ण तरिकाले सरकार अगाडि बढ्ने र बेथिति रोक्दै गएपछि समृद्धिका आधारशिला निर्माण हुँदै जाने बताए। सरकारले दिनदिनै नयाँ र दीर्घमहत्वका काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै गएको पनि बताए।

 

‘समृद्धि र सुख कुनै बाटो, पुल, खानेपानी र ढल जस्तो होइन, यो एउटा राष्ट्रिय चिन्तन प्रणालीसहितको लम्बेयात्राका रूपमा बुझ्नु पर्दछ,’ उनले भने, ‘मान्छेहरू भन्छन् जनता निराश भएको छ। केही भएन। आलोचना गर्न पाइन्छ तर, भएका काम देखाउन नसक्ने कुराले चाहिँ वास्तवमा पछि असत्य सावित हुन्छ र हामी त्यसैको प्रतीक्षामा छौं।’

 

मन्त्री बाँस्कोटाले सरकारप्रति जनता खुसी रहेको र अझै खुसी बनाउन लागि परेको बताउँदै ‘सम्पूर्ण सफलता हासिल गरेका छैनौं। सुरूआत हो। अहिलेको सरकार चटके सरकार होइन। हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौं’ भने।

 

उनले सरकारले हरेक दिन देश एककदम अगाडि बढ्ने गरी काम गरिरहेकाले अब देश पछाडि फर्किन नसक्ने बताए।

 

‘सरकारले काम गरिरहेको छ, एउटा त आजैको गोरखापत्र कोहलपुर संस्करणको कुरा हेरौँ न। यो पनि काम हो। त्यसैले हामीले भनेका छौं, हरेक दिन एककदम अगाडि। अब देश पछाडि फर्किन सक्दैन,’ मन्त्री बाँस्कोटाले भने।

 

गोरखापत्र सरकारी नभई जनता र राज्यको भएको उल्लेख गर्दै उनले भने, ‘गोरखापत्र सरकारी होइन। गोरखापत्रले सबैका कुरा समेट्छ। सबैका कुरा यसमा आउँछ, पढ्दै नपढेर सरकारीकरण गर्‍यो भन्नु गलत कुरा हो।’

 

मन्त्री बाँस्कोटाले विगतमा अन्य दलले सञ्चारमाध्यमको दुरूपयोग गरे पनि अहिले त्यस्तो अवस्था नरहेको उल्लेख गर्दै विगतका सरकारले जे जस्तो गरे पनि हामीले त्यसो नगरेका दाबी गरे।

 

हरेक देशमा मिडिया सरकारको पनि हुने गरेको प्रसंग जोड्दै उनले नेपालमा केही भयो भने राज्यको आधिकारिकताको लागि स्वतन्त्रतासहित एउटा राज्यको मिडियाको रूपमा गोरखापत्रलाई विकास गर्न खोजेको उनले बताए।

 

मन्त्री बाँस्कोटाले गौरवपूर्ण इतिहासलाई वर्तमानका चुनौतीसँग एकाकार गराएर गोरखापत्र मिडियाको बजारमा सरकारको साख र काखमा हुर्केर होइन, प्रतिष्पर्धा र पहलकदमीको आधारमा श्रेष्ठ बन्नुपर्ने बताए।

 

‘यो सत्ता पक्षको होइन, जनताको प्रिय पत्रिका बन्छ। त्यसैको सिलसिलामा विराटनगरमा पक्की भवन र छापाखानासहित प्रकाशन सुरू गरिसकेको र कोहलपुरमा पनि भवन बनाउनका लागि बोलपत्र भइसकेको छ,’ उनले भने, ‘सडकका खाल्डा देखाउन गोरखापत्रले डराउनु पर्दैन तर पिच गरिरहेको छ भने त्यो पनि देखाउन सक्नुपर्दछ।’ 


थप समाचार

विवाह अगाडि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरु

  • 1 hour ago
विवाह अगाडि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरु

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भए ।

यी बलिउड अभिनेत्रीहरु जसले रियलमा नै दर्दनाक दिनहरु देखे

  • 1 hour ago
यी बलिउड अभिनेत्रीहरु जसले रियलमा नै दर्दनाक दिनहरु देखे

एजेन्सी । रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् ।

भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

  • 1 hour ago
भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

काठमाडौँ । बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।