Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालअझै खुलेन कालीगण्डकी करिडोर

अझै खुलेन कालीगण्डकी करिडोर


कालीगण्डकी । भारी वर्षासँगै झरेको पहिराका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ । आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका १० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले करिडोर अवरुद्ध बनाएको हो ।

शुक्रबार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको उक्त सडक गएराति १२ बजेदेखि पुनःअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । उनका अनुसार अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको छ ।

वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने प्रहरी नायब उपरीक्षक केसीले बताए । उनका अनुसार सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरमा चल्ने जिल्लाको दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारीसाधन ठप्प भएका छन् ।

दिनदिनै सडक अवरुद्ध हुन थालेपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न तथा आवागमनमा समस्या भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । “पहिरोले निकै दुःख दिइरहेको छ । करिडोरमा पहिरो खस्दा बागलुङ र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका भएर दैनिक यात्रा गर्ने हजारौँ नागरिक प्रभावित बनेका छन्”, उनले भने, “यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग छलफल गरेका छौँ । काम सुरु भएको छैन ।” पहिराले करिडोरका साथै वैकल्पिक सडकलाई पनि क्षति पुर्याएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…

काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल

Techie IT