अझै रोकिएन सुन तस्करी, यी दुई घटनाले प्रहरीलाई झस्कायो

काठमाडौं । संगठित सुन तस्करीबारे विशेष समितिले गम्भीर अनुसन्धान गरिरहेका बेला सुन तस्करीका पछिल्ला दुई घटनाले प्रहरीलाई झस्काएको छ ।

 

महानगरीय प्रहरी वृत्त नागढुंगाले काठमाडौंबाट सुन लिएर महेन्द्रनगर हुँदै भारत जान लागेको भारतीय नम्बरको कारबाट १६ गते तीन केजी सुन बरामद गर्‍यो। त्यसको भोलिपल्टै आइतबार रसुवाको केरुङ नाकाबाट मोटरसाइकलमा काठमाडौं छिर्दै गरेका तेन्जिङ तामाङलाई नागढुंगाबाटै प्रहरीले ६ केजी सुनसहित पक्राउ गर्‍यो।

 

एक दिनको अन्तरमा भएका यी दुई घटनाले संगठित सुन तस्करीमाथि गम्भीर अनुसन्धान चलिरहे पनि तस्करी नरोकिएको पुष्टि गरेको छ। यी दुवै घटनामा तस्कर समूहले फरकशैली प्रयोग गरेको देखिन्छ।

 

भारतीय चालक दीपककुमार मौर्यले चलाएको यूके ०२४६८४ नम्बरको कारको इन्जिनमाथि एअर फिल्टर बक्सभित्र लुकाएर राखेको तीन केजी सुनमा इमिरेटस गोल्ड लेखिएको छ। अर्थात् यसअघिका ठूला तस्करीमा जस्तै उक्त सुन पनि दुबईबाट भित्रिएको थियो।

 

१७ गते नागढुंगाबाट पक्राउ परेको तीन केजी सुन भने स्विट्जरल्यान्डको मेटालोर नामक कम्पनीमा बनेको देखिन्छ। कम्पनीको वेबसाइटका अनुसार सन् २००१ मा मेटालोर टेक्नोलोजिज नामक कम्पनीको नाम परिवर्तन गरेर मेटलोर ग्रुप कम्पनी बनाइएको हो। आजको कान्तिपुरबाट ।


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 27 minutes ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 31 minutes ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 38 minutes ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।