Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्रकर्मी कल्याणकारी कोषमा अमेरिका निवासी अधिकारीद्वारा आर्थीक सहयोग

चलचित्रकर्मी कल्याणकारी कोषमा अमेरिका निवासी अधिकारीद्वारा आर्थीक सहयोग


काठमाडौँ। संयुक्त राज्य अमेरिका निवासी नारायण अधिकारीले चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषलाई आर्थीक सहयोग प्रदान गरेका छन्। बुधबार बोर्डको कार्यालयमा पुगि अधिकारीले रु. १ लाख पाँच हजार रकम सहयोग गरेका हुन्।

सहयोग प्रदान गर्दै अधिकारीले आफु सधैं नेपाली चलचित्रको शुभचिन्तक रहेको बताए। एउटै नेपाली चलचित्र पनि पटक पटक हेर्ने गरेको बताउँदै अधिकारीले नेपाली चलचित्रकर्मीको सहायता स्वरुप कल्याणकारी कोषमा थप सहयोग जुटाउन आफ्नो सक्रियता रहने बताए।

कोषकी संयोजक बसुन्धरा भुषालले कोषलाई सहयोग गर्दा एकपटक मात्र नभई जुग जुग सम्मलाई सहयोग हुने बताए। उनले सबै नेपाली चलचित्रकर्मीको तर्फबाट अधिकारीलाई धन्यवाद व्यक्त गरे। बोर्ड अध्यक्ष भुवन केसीले सहयोगदाता अधिकारीको प्रशंसा गर्दै चलचित्रकर्मीलाई राहत होस् भनेर मनबाट गरेको सहयोगलाई लिएर सबै चलचित्रकर्मी आभारी रहने बताए।

चितवनमा जन्मिएका अधिकारी विगत चौध बर्षदेखी अमेरिकाको पेन्सिलवेनियामा रही व्यावसाय सन्चालन गर्दै आएका छन्। सहयोग प्रदान कार्यक्रमममा बोर्ड अध्यक्ष केसी, कोष संयोजक भुषाल सहित बोर्ड सदस्यहरु केएल बुढाथोकी, राजु केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र द्वन्द्व संघका अध्यक्ष नारायण प्रधान, निर्देशक पुर्णेन्दु झा लगायतको उपस्थिति रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT