रोल्पामा गोली चल्दा एक जनाको मृत्यु, घर्ती पक्राउ

file photo

दाङ ।  रोल्पाको सुलीचौरमा गोली प्रहारबाट एक जनाको निधन भएको छ । सुनिल स्मृति गाउँपालिका—४ सुलीचौरमा भएको गोली प्रहारबाट रोल्पा नगरपालिका तरुण दलका नगर अध्यक्ष रोहित पुनको निधन भएको प्रहरीले जनाएको छ । 

 

सुलिचौर प्रहरी चौकी नजिकै पुनमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नुको कारणका बारेमा अनुसन्धान भइरहेको रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए । पुनको छातीमा दुई र कोखामा एक राउण्ड गोली लागेको प्रहरीले जनाएको छ । 

 

रोल्पा नगरपालीका–२ रेउघा निवासी पुन पाण्डवेश्वरी यातायात प्रा.लि.को काउण्टर उद्घाटनको क्रममा सुलीचौर पुगेको जनाइएको छ । सुलीचौरमा रहेको रेष्ट प्वाइन्ट रेष्टुरेन्ट एण्ड बारमा गोली चलेको जनाइएको छ । 

 

पुनमाथि गोली प्रहार गरेको भन्दै रोल्पाकै देबहादुर घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गोली किन चलाएको भन्ने बारेमा घर्तीसँग सोधपुछ भइरहेको डिएसपी खड्काले जानकारी दिए । 

 

पुनको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ ।


थप समाचार

बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

  • 10 hours ago
बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

ब्रिटिश करांते फेडेरेसन (बिकेएफ) द्धारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले महत्वपुर्ण उपलब्धी हात पारेको हो ।

असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

  • 10 hours ago
असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

काठमाडौँ । असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् ।

सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

  • 10 hours ago
सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः  पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

इलाम । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी बढेको बताएका छन् । प्रेस युनियन इलामको आठौँ अधिवेशनका लागि यहाँ आइपुगेका श्रेष्ठले वर्तमान सरकारले प्रेसला



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।