गुड नेवर्सकाे लापरबाहीले बनेन भूकम्पले भत्काएकाे विद्यालय

Education Park

गोरखा । गुड नेवर्स इन्टरनेशनलले निर्माण जिम्मा लिएको लापुको एक विद्यालय भवन बन्न नसक्दा विद्यार्थी मर्कामा परेका छन् । धार्चे गाँउपालिका वडा नम्बर ७ लापुको कालरात्री माध्यामिक विद्यालयको भवन निर्माण हुन सक्दा विद्यार्थी टहरामा पढ्न बाध्य भएका छन् ।

 

‘जिएनआईले गत डिसेम्बरसम्म विद्यालय बनाइसक्ने भनेर विद्यालयसँग सम्झौता भएको हो, समयसीमा नाघेको आज पाँच महिनाभन्दा बढि भयो, १० प्रतिशत पनि काम भएको छैन’, विद्यालयका प्रधानाध्यापक रामकृष्ण खनालले भने, ‘लेकको ठाँउ छ, अहिलेसम्म पनि अस्थायी बाँसको टहरामा कक्षा चलाउनु परेको छ ।’ 

 

गुड नेवर्सले पाएको समयसीमा ५ महिना कटिसक्दा समेत अहिले सम्म १० प्रतिशत समेत काम नभएको विद्यालयको गुनासो छ । 

 

विद्यालय भवन बनाउन गुड नेवर्सले पद्धति विकास सेवा केन्द्र मार्फत एन.बि. कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेकेदार कम्पनीले ढुवानीको समस्या देखाउदै निर्माण कार्य रोकेको हो । 

 

बाह्र कोठे भवन बनाउनका लागि गुड नेवर्सले ठेकेदार कम्पनीलाई तीन करोड २० लाख रकममा सम्झौता गरेको थियो । गत बर्षको डिसेम्बर महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख भएपनि समयसिमा नाघेको ५ महिना बित्दा समेत काम अघि बढ्न सकेको छैन । 

 

‘६-६ वटा कोठाको दुई वटा भवन बनाउने भनेका थिए, एउटा भवनको डिपिसी भएर पिलरसम्म हालेको छ, अर्कोको त झनै विजोग छ, ग्राउण्ड भरी जगका खाल्डै खाल्डो खनेर छोडका छन्’, प्रधानाध्यापक खनालले भने ।

 

 

दातृ निकाय गुड नेवर्स र स्थानीय साझेदार संस्था पद्धती विकास सेवा केन्द्रले विद्यालय भवन निर्माणमा खासै वास्ता नगरेकाले ठेकेदार कम्पनीले लापरवाही गरेको स्थानीयको आरोप छ । 

 

‘भवन निर्माण गर्छु भनेर जिएआइले पद्धति मार्फत जिम्मा लियो, अनि काठमाण्डौको ठेकेदारलाई खोजेर ल्याएर ठेक्का दिएर उहाँहरु ढुक्कसँग बस्नुभयो, अहिले यो हालत भयो, अरु सबै स्कुल बनिसके, हाम्रा बच्चा कहिलेसम्म टहरामा पढाउने ?’, स्थानीय आइते गुरुङले भने ।

 

भूकम्प गएको तीन बर्ष बितिसक्दा समेत विद्यालय भवन पुनःनिर्माण गर्नुको सट्टा ठूला ठूला खाल्डा खनेर छोड्दा झनै समस्या थपिएको विद्यालयको भनाई छ । 

 

‘भवन त बनेन बनेन, यो खाल्डो बनाएर छोडेको महिनौ भइसक्यो, बच्चाहरू खेल्ने चौरमा सबै खाल्डो छन्, यसले त झनै जोखिम बढायो’, विद्यालयका एक शिक्षक भन्छन्, ‘टहरोमा पढाउँदा यता कोठा र उता कोठाको आवाज जुधेर धेरै समस्या भयो, घाम पानी, हावा हुरी आको बेला त विद्यालय नै बन्द गरेर बस्नुपर्ने बाध्यता छ ।’

 

 

ठेकेदार कम्पनीले काम गर्ने छाँट नदेखाएपछि अहिले भने विद्यालय व्यवस्थापन समितिले नै कामको जिम्मा लिएर भवनको पुननिर्माण गर्न लागेको बताएको छ । 

 

‘अब ठेकदारले काम गर्ने छाँट देखिएन, अनि जिएनआइ र पद्धतिलाई बोलाएर विद्यालय व्यवस्थापन समितिले गर्ने भनेर हामीले निर्णय गरेका छौँ, जसोतसो विद्यालय त बनाउनै पर्‍यो, कति टहराको समस्या झेल्नु ?’, प्रधानाध्यापक खनालले भने ।

 

यता गुड नेवर्स इन्टरनेशनलका जिल्ला प्रमुख द्रोण जिसी भने विद्यालयको भवन नबन्नुमा ठेकेदार कम्पनीको लापरवाही मुख्य कारण भएको भन्दै पन्छिन खाजे । 

 

‘हामीले भवन बनाउन ठेकेदारलाई जिम्मा लगाएका हौँ, सुरुमा त केही समय काम पनि गरेको हो, पछि ढुवानीमा समस्या भयो भनेर काम गर्न खोजेन, अहिले विद्यालयलाई नै जिम्मा लगाएर काम गराउँदै छौ’, जिल्ला प्रमुख जिसी भन्छन्, ‘अब विद्यालय व्यवस्थापन समितिलाई असार मसान्तसम्मको समयसीमा दिएका छौँ ।’

 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 7 hours ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 8 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 8 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।