Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेन युद्धमा पहिलो पटक रुसले माग्यो यो देशसँग सहयोग, पुटिनले लेखे यी शक्तिशाली नेतालाई पत्र

युक्रेन युद्धमा पहिलो पटक रुसले माग्यो यो देशसँग सहयोग, पुटिनले लेखे यी शक्तिशाली नेतालाई पत्र


एजेन्सी । रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेन युद्धका लागि कुनै देशसँग सहयोग मागेका छन् । पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई क्षेप्यास्त्र, बम, गोलाबारुद र अन्य युद्ध सामग्रीका लागि सहयोगको लागि पत्र लेखेको अमेरिकी गुप्तचर विभागको दाबी छ ।

हालसम्म रुसले खुलेर कुनै पनि देशसँग यस्तो सहयोगको आह्वान गरेको थिएन। हाल रुससँग हतियार र गोलाबारुदको भण्डार कम हुँदै गएको पश्‍चिमी देशहरूले पनि अनुमान गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच युक्रेन युद्धका लागि रुसले उत्तर कोरियाबाट हतियार माग गरिरहेको बेलामा पत्र आदानप्रदान भएको ताजा गुप्तचर प्राप्त भएको ह्वाइट हाउसले बुधबार जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीको यो पछिल्लो खुलासा ह्वाइट हाउसले रुसी रक्षामन्त्री सर्गेई शोइगुले हालैको प्योङयाङ भ्रमणको क्रममा उत्तर कोरियाली अधिकारीहरूलाई युक्रेनमा मस्कोको युद्धबारे जानकारी गराएको बताइएको छ।

किर्बीका अनुसार रसियाले आफ्नो रक्षा आधारलाई बलियो बनाउन थप गोला बारुद र अन्य आधारभूत युद्ध सामग्री खोजिरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT