'अाेली-प्रचण्ड गठबन्धन' विरूद्ध गाेपाल किराँतीले गरे संयुक्त अान्दाेलनकाे अाह्वान

काठमाण्डौ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच बिहीबार भएको पार्टी एकीकरणबाट असन्तुष्ट माओवादी नेता गोपाल किराँतीले माओवादी केन्द्रको पुनर्गठन अभियानमा जुट्न आह्वान गरेका छन् ।

 

पूँजीवादी गणतन्त्र स्थापनासम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको समूहले सकारात्मक भूमिका खेलेको भए पनि हाल आएर उक्त समूह मालेमावादको सिद्धान्त र पहिचानको मुद्दा परित्याग गर्दै नवप्रतिक्रियावादी कित्तामा पलायन भएको नेता किराँतीले दाबी गरेका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रिय भेला आयोजक समितिको संयोजकको रूपमा विज्ञप्ती जारी गर्दै किराँतीले भनेका छन्, ‘प्रचण्ड समूहको वैचारिक रुपमा पूँजीवादी आदर्शवाद, राजनीतिक रुपमा संसदीय आत्मसमर्पणवाद, साँस्कृतिक रुपमा चरम उपभोक्तावाद तथा नेपालको बाह्य र आन्तरिक राष्ट्रियताको प्रश्नमा नव–प्रतिक्रियावादमा पलायन भएको ठहर गर्दछ ।’

 

विचार, कार्यदिशा र मुद्दा परित्यागको अतिरिक्त ओली–प्रचण्ड सरकारले विप्लव नेकपा र वैद्य माओवादीमाथि फासीवादी दमन गरेको र भारतीय शासकवर्गसामु निर्लज्ज आत्मसमर्पण गरेको भन्दै संयोजक किराँतीले ओली–प्रचण्ड गठबन्धनको विरूद्ध संयुक्त आन्दोलनको लागि आह्वान समेत गरेका छन् ।

 

 


थप समाचार

श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

  • 24 minutes ago
श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

काेलम्बाे । श्रीलंकामा आइतबार भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।

काँग्रेसका पूर्वमन्त्री रामकृष्ण ताम्राकारकाे निधन

  • 50 minutes ago
काँग्रेसका पूर्वमन्त्री रामकृष्ण ताम्राकारकाे निधन

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ ।

संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

  • 1 hour ago
संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयताको मर्मअनुसार कर्म हुन नसकेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘आदिवासी जनजातिको मुद्दा, अधिकार र चासोक



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।