IIMS College

ISMT

HUB Education

'गोर्खा भर्ती छनौटमा विभेद गरियो'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । गोर्खा जस्टिसले बेलायतले गोर्खा भर्ती छनोट प्रक्रियालाई निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुने बताइरहेका बेला  बेलायती सेनाको भर्ती छनोट प्रक्रियामा विभेद हुने गरेको आरोप लगाएको छ । जस्टिसले शुक्रबार पोखरामा पत्रकार सम्मेन गरी भर्ती छनोटमा विभेद हुँदै आएको आरोप लगाएको हो ।

 

जस्टिसका संयोजक एवं भूपू गोर्खा सैनिक नरेश गुरुङले बेलायतले गोर्खा भर्ती छनोट गर्दा सुन्दै अचम्म लाग्ने खालको विभेद गरे पनि धेरै नेपालीलाई थाह नभएकाले पत्रकार सम्मेलन मार्फत त्यसको पर्दाफास गर्न बाध्य भएको बताए ।

 

‘गोर्खा भर्ती छनोट प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुन्छ भनिए पनि त्यस्तो भएको पाइदैन । गोर्खा भर्ती पूर्ण रुपमा विभेदयुक्त हुँदै आएको छ’ संयोजक गुरुङले भने । उनले पूर्व र पश्चिमबाट पचास÷पचास प्रतिशत भर्ती लिने प्रावधानले नै गोर्खा भर्ती छनोटको मापदण्ड निष्पक्ष नभएको दाबी गरे ।

 

‘पूर्वी क्षेत्रमा साविकका ४ वटा अञ्चल मात्रै पर्छन् । जहाँ थोरै जिल्ला छन् । पश्चिममा साविकका १० अञ्चल पर्छन यसले गर्दा पूर्वको तुलनाका पश्चिमका युवालाई कम अवसर हुने भएकाले यसलाई रद्द गर्नुपर्छ’ संयोजक गुरुङले भने,‘पूर्व र पश्चिम भनेर छट्याउनु नै विभेदको नमुना हो । भर्ती छनौट गर्दा युवाको क्षमता प्रदर्शन र योग्यताको आधारमा गर्नुपर्छ ।’

 

संयोजक गुरुङले गोर्खा भर्तीका मामलमा काठाडमौं उपत्यकाका युवाहरुलाई बेलायती सेनामा भर्ती नलिने गरेको प्रसंग पनि सुनाए । ‘काठमाडौं, ललितपुर र भक्तपुरका युवाहरुलाई अहिले पनि गोर्खा भर्तीमा जान बन्देज गरेर भेदभाव गरिएको छ’ उनले भने,‘नेपाली नागरिक भएको नाताले उनीहरूलाई बेलायती सेनामा भर्ती हुन ‘समान अवसर’ दिइनुपर्दछ । यो विषयमा धेरै नेपालीलाई थाह पनि छैन ।’

 

गोर्खा जस्टिसले बेलायती सेनामा भर्ती हुँदा हुने ‘डोको दौड’ लाई तुरुन्तै रोक्नुपर्ने माग समेत गरेको छ । बेलायती सेनामा ‘डोको दौड’ को प्रावधान नभएकाले गोर्खाली युवालाई मात्रै ‘डोको दौड’ राखिनु भेदभावपूर्ण रहेको जस्टिसको दाबी छ ।

 

जस्टिसका संयोजक नरेश गुरुङले पोखरा ब्रिटिस क्याम्पका प्रमुख डिआरो स्याण्डी नाइटिङ्गेललाई गोर्खा भर्ती छनोटमा विभेद गरिनुको कारण पटकपटक सोध्दा समेत जवाफ नआएकाले पत्रकार सम्मलन गरी विभेद’ जानकारी गराएको बताए ।

 

‘हामीले भर्ती छनोटमा गरिने विभेद’ पटकपटक पत्राचार गरेर जवाफ माग्यौं । तर सही जवाफ आएन । मेजर नाइटिङ्गेलले माथिल्लो निकायले कुनै खबर नगरेको पत्रचार गरे’ संयोजक गुरुङले भने,‘पहिलो प्रयासस्वरुप पत्रकार सम्मेलन गरेका हौं । अब हामी कानुनी रुपमा लाग्नेछौं ।’


थप समाचार

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

  • 32 seconds ago
बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । कमिसन बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएर सूचना, सञ्चार तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ब

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

  • 4 minutes ago
काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

एजेन्सी । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

टर्कीमा भूकम्प

  • 10 minutes ago
टर्कीमा भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।