IIMS College

ISMT

HUB Education

सरकार समृद्धिको बाटोमा छ ढुक्क हुनुहोस्ः प्रधानमन्त्री ओली

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रदान गरिएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९औँ राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित ‘एशियाली नेतृत्वकर्ता पुरस्कार वितरण कार्यक्रम’ मा प्रधानमन्त्री ओलीलाई सो पुरस्कार प्रदान गरिएको हो । 

 

सो अवसरमा प्राधानमन्त्री ओलीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सरकार समृद्धिको बाटोमा अगाडि बढिरहेको भन्दै जनतालाई ढुक्क हुन अपिल गरे । उनले सरकार जनताको सुख र समृद्धिको निम्ति काम गरिरहेको बताउँदै त्यसलाई पूरा गर्न कटिबद्ध रुपमा अगाडि बढिरहेको बताए । उनले भने, “नेपाल स्रोत र साधनले धनी देश हो, अब यी स्रोतसाधनको प्रयोग गर्दै स्वदेशमै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई नेपाल फर्काउने अभियानमा सरकार लागिपरेको छ ।” 

 

प्रधानमन्त्री ओलीले देशमा राजनीतिक स्थिरता छाएको र स्थिर सरकार बनेको अवस्थामा अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सहयोग गर्न सबैलाई अपिल गरे । 

 

विसं २०७२ को भूकम्पपछि नेपालले पुनःनिर्माण र नवनिर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उनले मुलुक विकासको बाटोमा अगाडि बढिसकेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा कोरोना भाइरस छैन, नेपाल कोरोना भाइरसमुक्त छ, यसबाट जोगिनका लागि व्यवस्थापन गरिएको छ, डराउनुपर्ने कुनै अवस्था छैन ।” 

 

सोही अवसरमा प्रधानमन्त्री ओलीले ‘एशियन लिडरसीप अवार्ड–२०२०’ चन्द्रप्रसाद ढकाल (नेपाल) र शिव कुमार (भारत) लाई प्रदान गरे । सम्मेलनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र अर्थमन्त्री डा युवराज खतिवडाले समेत सम्बोधन गरेका थिए । 

 

सङ्घका अध्यक्ष सुशील भट्टले देशको व्यवस्थापन गर्न सङ्घले सरकारलाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनले तीन वर्षको लागि १७ सदस्यीय नयाँ कार्यसमिति नेतृत्व गर्नेछ । सम्मेलनमा एक हजार १०० प्रतिनिधि सहभागी रहेका छन् ।


थप समाचार

शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

  • 5 hours ago
शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

काठमाडौँ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी क

प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

  • 5 hours ago
प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

काठमाडौं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वन

कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

  • 6 hours ago
कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको बैठक डिजिटल रुपमा सम्पन्न भएको छ । बैंकका सञ्चालकहरु भौतिक रुपमा उपस्थित नभई भिडियोमार्फत प्रत्यक्ष संवाद गरी सञ्चालक समितिको बैठक सम्पन्न भएको कामना



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।