भारतीय मुलका विज्ञ भन्छन्ः नेपाल काश्मिर होइन, मोदीले उन्माद शक्ति देखाउन खोजे

एजेन्सी । पछिल्लो समय नेपाल भारतको सिमा विवादका कारण दुई देशको सम्बन्धमा तिक्तता पैदा भएको छ । यो समस्या बेलाबेला उठ्ने गरेता पनि त्यति महत्व पाएको थिएन । तर, भारतले एकतर्फी रुपमा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकमा अतिक्रमण गर्दै सडक खनेपछि यो विवाद चुलिएको हो ।

 

नेपाल भारत विवाद चुलिएकै बेला भारतका भारतका एक प्राध्यापकले भारत नै यो विवादको प्रमुख कारण भएको बताएका छन् । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेपछि भारतले उक्त नक्सा नमान्ने बताउँदै आइरहेको छ ।

 

भारतीय प्राध्यापक अशोक स्वैनले नेपालले जारी गरेको नयाँ नक्सालाई लिएर भारतले विरोध गर्नुको अर्थ नभएको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा यस विषयलाई ‘नक्सा युद्ध’को संज्ञा दिएका छन्। 

 

उनले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्, ‘भारतले नेपालको नयाँ नक्सा अस्वीकार गर्‍यो। भारतले स्वीकार गर्छ भनेर कसैले सोचेको पनि थिएन। यो ‘नक्सा युद्ध’ कसले सुरु गर्‍यो ? किन भारतले नोभेम्बर २०१९ मा एकतर्फी रुपमा नयाँ राजनीतिक नक्सा ल्यायो ? यो मोदीद्वारा शक्तिको उन्मादमा कश्मिरको नयाँ नक्सा पुनःतयार गर्नका लागि थियो। तर नेपाल कश्मिर होइन।’

 

भारतीय प्राध्यापक अशोक स्वैन स्वीडेनको उप्साला विश्वविद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापक हुन्।

 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 5 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 5 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 5 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।