सरकारले यस वर्ष पनि सर्वोेत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन

  • शनिबार, २३ भदौ, २०७५
  • 4 months ago
  • नेपाल

योग्य कर्मचारी नभएको भन्दै सरकारले यस वर्ष पनि सर्वोेत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन ।

 

सरकारले हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसका रुपमा मनाउने गरेको छ । र, दिवसका अवसरमा एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको छ ।

 

तर अघिल्ला वर्ष जस्तै सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । दुई वर्षअघि तत्कालीन अर्थ सचिव शान्तराज सुवेदीलाई सर्वोकृष्ट निजामती सेवा पुरस्कार दिएयता कुनै पनि कर्मचारीलाई सो पुरस्कार दिइएको छैन ।

 

पुरस्कार किन नदिइएको भन्ने प्रश्नको जिज्ञासामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भन्नुभयो– ‘यो पुरस्कार भनेको सधैंभरि दिने त होइन । पुरस्कार दिनका लागि देखिने काम गरेको कर्मचारी पनि हुनुपर्‍यो ।’

 

संघीयता कार्यान्वयनको चरणमा कर्मचारी समायोजनदेखि कार्यसम्पादन समेतलाई सरकारका मन्त्रीहरु निकै असन्तुष्टि रहेको सन्दर्भमा यसपटक उत्कृष्ट कर्मचारी छनोट गर्न कसैले उत्साह देखाएको थिएन । यसअघिको कार्यकालमा सामान्य प्रशासनमन्त्री बनेको सबैको स्याबासी पाउन सफल लालबाबु पण्डितले पनि कर्मचारी समायोजनमा जटिलताले गर्दा कर्मचारी संयन्त्र असन्तुष्टि पोख्दै आउनुभएको छ ।

 

‘यो पुरस्कार कसलाई दिने भन्नेमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरु, मन्त्रीहरुको फरकफरक मत रहेको छ । जसलाई छनोट गरे पनि निर्विवाद बन्न नसक्ने अवस्थामा पनि रहेको छ । यसले गर्दा पुरस्कार दिन कसैले जाँगर देखाएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो । नेपाल समाचारपत्र दैनिकमा सुनील महर्जनले खबर लेखेका छन् ।


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।