साहित्यकार विनाेदीलाई नगरवासीले गरे नागरिक अभिनन्दन

नवलपरासी । साहित्यकार गोविन्दराज विनोदीलाई शनिवार पूर्वी नवलपरासीको गैँडाकोटका बासिन्दाले शनिबार नागरिक अभिनन्दन गरेका छन् । 

 

पूर्वी नवलपरासीको गैँडाकोटमा जन्मेर विनोदीले नेपाली साहित्यमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै गैँडाकोटका नागरिकका तर्फबाट भव्य अभिनन्दन गरिएको हो । 

 

विनोदीको घरबाट शोभायात्रा निकाली गैँडाकोटका विभिन्न क्षेत्रमा परिक्रमा गराई नागरिक अभिनन्दन गरिएको ज्येष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीले बताए । 

 

विनोदीका ‘मेरो वर्तमान’, निर्मम निर्मम घडीहरु’, ‘आखाँको नानी’, ‘छन्दविनोद’, ‘अविश्रान्त’, ‘हिमस्पर्श’, ‘सृष्टि माथिको दृष्टि’, ‘अनुपमा धर्ती’, ‘नानीका गीत’, ‘वनभोज’, ‘शुपर्णखा’, ‘कैकेयी’ काव्यकृति प्रकाशित छन् । 

 

 

विनाेदीले नेपाली भाषा साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याकङ्न गर्दै नागरिक अभिन्नदन गरिएको साहित्यकार गोविन्दराज कोइरालाले बताए । 

 

गैँडाकोटमा आयोजित कार्यक्रममा प्राज्ञ वासुदेव त्रिपाठीले विनोदीलाई नागरिक अभिनन्दन गरेका थिए । कार्यक्रममा प्राज्ञ त्रिपाठीले कवि विनोदीले साहित्य क्षेत्रमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै यस्ता सर्जकले देशमा साहित्यको विकासमा ठूलो महत्व राख्ने बताए । 

 

कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैँडाकोटमा जन्मेर नेपालको साहित्यको क्षेत्रमा कवि विनोदीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस्ता स्रष्टाका सर्जकलाई राज्यले पनि सम्मान गर्नुपर्ने विचार व्यक्त गरे । 

 

 


थप समाचार

कुरिनटारकाे ट्रमा सेन्टर १ वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेन

  • 11 minutes ago
कुरिनटारकाे ट्रमा सेन्टर १ वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेन

चितवन । एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन ।

एनआरएन यूकेको निर्वाचन सेप्टेम्बर १४ मा

  • 13 minutes ago
एनआरएन यूकेको निर्वाचन सेप्टेम्बर १४ मा

सोमबार नटिंगहममा सम्पन्न कार्यसमितिको बैठकले सेप्टेम्बर १४ मा निर्वाचन र १५ मा अधिवेसन गर्ने निर्णय गरेको अध्यक्ष योगकुमार फगामीले जानकारी दिए ।

बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

  • 40 minutes ago
बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

बैतडी । दशरथचन्द नगरपालिकामा अगामी जेठ तेस्रो साताबाट अण्डर–१९ मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । जेठ १५ बाट उक्त प्रतियोगिता शुरु गरिने भएको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।