IIMS College

ISMT

HUB Education

ग्रीसमा पहिलो महिला राष्ट्रपति

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति बन्न लागेकी छन् । राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरिसकेकी छन् । ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ । 

 

“ग्रीसको खुलापन र भविष्यका लागि यो शुभ सङ्केत हो,” प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताए । उनले साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै बुधबारको संसद बैठकमा पेश गरेका छन् । 

 

चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत (काउन्सिल अफ स्टेट)को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहेकी छन् । यो पद सम्हाल्ने उनी पहिलो महिला पनि हुन् ।

 

सर्वोच्च अदालतका न्यायाधीशकी छोरी साकेल्लारापोलोउले पेरिसको सोर्बोन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्नुका साथै संवैधानिक र वातावरणीय कानूनमा विशेषज्ञ हुन् । 

 

हाल ग्रीसमा प्रोकोपिस पाभ्लोपोलोस राष्ट्रपति छन्, र उनको पाँच वर्षको कार्यकाल आगामी मार्चमा समाप्त हुँदैछ । 

 

ग्रीसमा राष्ट्रपतिको चयन संसदले गर्दछ । साकेल्लारापोलोउले बुधबार हुने मतदानमा २६० भन्दा बढी मत प्राप्त गर्नेछिन् । मुख्य विपक्षी दलहरूको पनि समर्थन भएका कारण उनको विजयी सुनिश्चित भएको हो । संसदमा राष्ट्रपति चयन हुन हाल न्यूनतम २०० मत भए पुग्छ । 

 

मुख्य विपक्षी वामपन्थी नेता अलेक्सिस सिप्रासले साकेल्लारापोलोउ एक “असाधारण न्यायाधीश“ र मानव अधिकारको पक्षधर रहेको भएको बताए । समाजवादी किनाल पार्टीले पनि समर्थन जनाइसकेको छ । 

 

प्रधानमन्त्री मिट्सोटाकिसले यस पटक राष्ट्रपतिका लागि महिलाको छनौट मात्र होइन कुनै दलको सदस्य नरहेको व्यक्ति पनि राष्ट्रपतिमा उम्मेदवार बनेकाले विगतको लामो परम्परा तोडिएको बताए । विगतका राष्ट्रपतिहरू प्रायः पार्टीका वरिष्ठ व्यक्तित्वहरू रहने गरेका थिए ।


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 30 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 35 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 49 minutes ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।