ग्रीनवीचकप शनिबार, फुटबल र भलिबल प्रतियोगिताका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम पनि

  • शुक्रबार, २५ साउन, २०७५
  • 10 months ago
  • युके
Education Park

लण्डन । नेपाली युथ एशोसिएसन यूकेको आयोजनामा हरेक वर्ष आयोजना हुंदै आएको ग्रीनवीचकपको आठौं संस्करण शनिबार हुंदैछ । 

 

बेलायतस्थित विभिन्न नेपाली क्लबहरुबीचको फुटबल तथा भलिबल प्रतियोगिताका अलावा यसपटक विभिन्न सांस्कृतिक कार्यक्रमहरुसहित ग्रिनविच मेलाका रुपमा आयोजना गर्न लागिएको छ । 

 

वुल्विच आर्टिलरी ब्यारेकको ग्राउण्डमा यसपटक फुटबलतर्फ १२ र भलिबलतर्फ ११ टोलीले प्रतिस्पर्धा गर्दैछन् । 

 

सो अवसरमा स्थानीय युवा ब्याण्डहरु दाजुभाई, र भिएएभीका साथै स्थानीय कलाकार प्रतिक र प्रतिभाको प्रत्यक्ष सांगीतिक प्रस्तुति हुनेछ । 

त्यस्तै, प्रतिभा नक्षेत्र, मिसेस यूके नेपाल र पासा पुच साउथ ईस्ट लगायतको सहभागितामा विभिन्न सांस्कृतिक कार्यक्रम र लाखे नाच पनि देखाइनेछ । 

 

त्यसैगरी बालबालिकाको लागि विभिन्न आकर्षक पुरस्कारसहितका रमाइला खेलहरुको पनि व्यवस्था गरिदैछ । 

 

 

कार्यक्रमस्थलमा नेप्लिज नर्सिंग एशोसिएसन यूकेले निशुल्क स्वास्थ्य चेकजांच गराउंदैछ । त्यसैगरी मुख तथा दांतसम्बन्धी स्वच्छता र स्वास्थ्यबारे निशुलक जानकारी गराउन मिसेस यूके नेपालको डेस्क  रहनेछ । प्रतिभा नक्षेत्र समुहले पनि आफ्नो छुट्टै डेस्क राखेर जानकारी गराउनेछ । 

 

त्यसअवसरमा खाना तथा ड्रिन्क्सका पनि विभिन्न स्टल रहनेछन् । जसमा बारबीक्यूदेखि विभिन्न् मौलिक नेपाली खानाका परिकार र बालबालिकाको लागि छुटटै मेनु समेत उपलब्ध हुनेछ । 

 

प्रतियोगिताको फाइनल खेलअघि भेटेरानहरुको मैत्रीपुर्ण खेल खेलाइनेछ । त्यस्तै, मनोरञ्जनका लागि वयस्कहरुका लागि अरु खेल पनि आयोजना गरिनेछ । 

 

कार्यक्रममा रोयल बरो अफ ग्रिनविचका मेयरबाट अवार्डहरु वितरण गराउने कार्यक्रम छ । मेला सकिएपछि सांझ प्लमस्टिडको डांफे रेष्टुरेन्टमा 'आफ्टर पार्टी' पनि राखिएको छ ।

 

 कार्यक्रमको संयोजक एशोसिएसन अध्यक्ष  लक्ष्मण गुरुङ र सहसंयोजक उपाध्यक्ष राजन खकुरेल छन ।

 

सहभागिताका लागि अपील 

 

आयोजक नेपाली  युथ एशोसिएसनका सस्थापक अध्यक्ष ह्यारी गुरुङ 

 

ग्रीनवीचकपको सुरुआतदेखि यसलाई स्थापित हुने चरणसम्म ल्याइपुर्याउन महत्वपुर्ण पहल गरेका आयोजक संस्था नेपाली  युथ एशोसिएसनका संस्थापक अध्यक्ष ह्यारी गुरुंगले कार्यक्रममा सहभागिताका लागि साउथ ईस्ट लण्डनका साथै बेलायतमा बस्ने सम्पुर्ण नेपाली समुदायमा अपील गरेका छन् । 

 

फुटबल र भलिबल प्रतियोगिताका साथै विभिन्न सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु पनि राखिएको भन्दै उनले एउटा रमाइलो डे आउटका रुपमा ग्रिनविच मेलामा सहभागी हुन आव्हान गरेका छन् ।

 

संस्थापक अध्यक्ष गुरुंगले कार्यक्रमको आयोजनामा खटिएका एशोसिएसनका वर्तमान अध्यक्ष लक्ष्मण गुरुंगसहित सिंगो कार्यसमितिलाई सफलताको शुभकामना पनि दिएका छन् ।

 

 


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 3 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 4 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 6 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।