'ग्रीनवीच मेला' जस्तै ग्रीनवीचकप : फुटबल र भलिबलबाहेक अरु धेरै मनोरञ्जन पनि

  • सोमबार, २८ साउन, २०७५
  • 1 month ago
  • युके

लण्डन । नेपाली युथ एशोसिएसन यूकेले हरेक वर्ष आयोजना गर्दै आएको ग्रीनवीचकपको आठौं संस्करण शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा फुटबलतर्फ एफसी तोङ्वा र भलिबलतर्फ १ आरजीआरको टोली विजेता बनेका छन् । 

 

ग्रीनवीचकपमा यसपटक फुटबल र भलिबल प्रतियोगिता बाहेक विभिन्न सांगीतिक ब्याण्ड र कलाकारका लाइभ प्रस्तुति, मेडिकल चेक अप क्याम्प, नेपाली खानाका स्टल, बालबालिकाका लागि मनोरञ्जनात्मक खेलहरु लगायतका आकर्षण पनि थिए । ग्रीनवीच मेलाका रुपमा आयोजना गरिएको यस वर्षको इभेन्टमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीसंगै झण्डै १ हजार जनाको सहभागिता रहेको अयोजक एशोसिएसनले बताएको छ । 

 

आठौं ग्रीनवीचकपमा फुटबलतर्फ १२ र भलिबलतर्फ ११ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये फुटबलमा एफसी तोङवाले उपाधि जित्यो भने रोयल ग्रीनवीच फुटबल क्लब दोस्रो स्थानमा रह्यो । फुटबलको उपाधि विजेतालाई नगद १५ सय पाउण्ड र दोस्रो हुने टिमलाई नगद ६ सय तथा सेमिफाइनलमा पुग्ने अन्य २ टिमलाई १ सय पाउण्ड नगद, ट्रफी र मेडलसहितको पुरस्कार प्रदान गरियो । आयोजक एशोसिएसनका अध्यक्ष लक्ष्मण गुरुङ, एमडी जे सेभेन सेक्युरिटीका ज्यासन लेभेल र प्रसिद्ध प्रधानले पहिलो तथा दोस्रो पुरस्कार वितरण गरेका थिए । 

 

 

यसैगरी भलिबलतर्फ उपाधि विजेता १ आरजिआरले नगद १ हजार पाउण्ड तथा दोस्रो आयोजक ग्रीनवीच भलिबल परिवारले नगद ७ सय पाउण्ड सहितसहित ट्रफी र मेडल प्राप्त गरे । भलिबलको पहिलो र दोस्रो हुने टिमलाई साउथ ईस्ट तमु धिका अध्यक्ष श्रीचन्द्र गुरुङ, स्थानीय युवा समाजसेवी विनोद ज्ञवाली, एशोसिएसनका उपाध्यक्ष राजन खकुरेल, एनआरएन यूके उपाध्यक्ष ललितकुमार न्यौपाने, एशोसिएसनका संस्थापक अध्यक्ष ह्यारी गुरुङ र एनआरएनका उपमहासचिव विनय अधिकारीले पुरस्कार र मेडल वितरण गरे । 

 

भलिबल प्रतियोगातिको आयोजना ग्रीनवीच भलिबल परिवारको समेत सहकार्यमा गरिएको थियो । प्रतियोगिताका भलिबल खेलहरु भइरहदा विनोद ज्ञवालीले रोमाञ्चक लाइभ कमेन्ट्री प्रस्तुत गरेका थिए ।

 

फुटबल र भलिबल दुवै विधामा एकएक जना खेलाडीलाई उत्कृष्ट खेलाडीको पुरस्कार पनि प्रदान गरियो । त्यसैगरी, प्रतियोगिताका रेफ्री र अफिसियलहरुलाई मायाको चिनो प्रदान गरियो । एशोसिएसनका पूर्व अध्यक्ष दिपेन गुरुङ, आरजिएनएसका अध्यक्ष हरिगोविन्द गुरुङ, जिगेसा अध्यक्ष लिलादेवी गुरुङ, एनआरएन यूकेका सचिव सुरोज मास्के र सल्लाहकार जिवन सेन लगायतले पुरस्कार तथा मायाको चिनो वितरण गरेका थिए । 

 

 

कार्यक्रमका प्रमुख अतिथी रोयल ग्रीनवीच बरोका मेयर क्रिस्टिन मेले ग्रीनवीचकपमा योगदान गर्ने स्वयमसेवक तथा सहयोगीहरुलाई प्रशंसापत्र वितरण गरेकी थिइन् । तमु धि साउथ ईस्ट अध्यक्ष श्रीचन्द्र गुरुङ, एशोसिएसनका संस्थापक अध्यक्ष ह्यारी गुरुङ, प्रसिद्ध प्रधान, विरेन नेपाल, नेप्लिज नर्सिङ एशोसिएसन यूके टिम, मिसेस यूके नेपाल टिम, जमघट परिवार, प्रतिभा नक्षेत्र टिम लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

 

कार्यक्रमस्थलमा स्थानीय युवा सांगीतिक ब्याण्डहरु 'दाजुभाई' र 'भाव' ले लाइभ संगीत प्रस्तुत गरेका थिए । त्यस्तै गायक दिपक थापा तथा कलाकारद्धय प्रतिक र प्रतिभाको प्रस्तुतिले पनि कार्यक्रममा मनोरञ्जन थपेको थियो । विनोद चिपालुकोे लाखे नाच र पासा पुचः साउथ ईस्ट समुहकोे धिमे बाजाको मौलिक प्रस्तुति रहेकोे कार्यक्रममा प्रतिभा नक्षेत्र र मिसेस नेपाल यूके टिमले पनि प्रस्तुति देखाएका थिए । सांस्कृतिक कार्यक्रमहरुको स्रचालन सुस्मिता थापाले गरेकी थिइन् । 

 

 

कार्यक्रमस्थलमा मञ्जु भट्ट र इन्दु गुरुङको संयोजनमा बालबालिकाको लागि आकर्षक पुरस्कारसहितका विविध मनोरञ्जनात्मक खेलहरु पनि व्यवस्था गरिएको थियो । त्यस्तै, वयस्कहरुको लागि घैटो  फुटाउने लगायतका खेल पनि सञ्चालन गरिएको थियो । 

 

कार्यक्रमस्थलमा नेप्लिज नर्सिङ एशोसिएसनको निशुल्क स्वास्थ्य जांच , मिसेस यूके नेपालको मुख तथा दांतको स्वास्थ्य र स्वच्छतासम्बन्धी इन्फमेसन डेस्क  तथा प्रतिभा नक्षेत्रको डेस्क पनि राखिएका थिए ।  स्थानीय नमस्ते रेष्टुरेन्ट, डांफे रेष्टुरेन्टदेखि तमु धि आमा समुह र डिजे बिरेन लगायतले नेपाली खानाका विभिन्न परिकारहरु उपलब्ध गराएका थिए । 

 

 

कार्यक्रममा तमु धि यूके अध्यक्ष ज्ञाम गुरुङ, आरजिएनएस अध्यक्ष हरिगोविन्द गुरुङ, साउथ ईस्ट तमु धि अध्यक्ष श्रीचन्द्र गुरुङ लगायत विभिन्न संघसंस्थाका अतिथीहरुको उपस्थिति थियो । 

ग्रीनवीच कपको यो संस्करणको मुख्य संयोजक आयोजक एशोसिएसनका अध्यक्ष लक्ष्मण गुरुङ थिए भने सहसंयोजकमा उपाध्यक्षद्धय राजन खकुरेल र सुदर्शन गुरुङ थिए । त्यस्तै, फुटबल खेलको अमिर गुरुङ र भलिबलको मन्दिप केसीले संयोजन गरेका थिए । अध्यक्ष गुरुङले बेलायतको नेपाली समुदायमा फुटबल र भलिबल प्रतियोगिताका साथै लाइभ संगीत , फन फेयर र बालबालिकाको खेल लगायतका विभिन्न गतिविधीहरु एकैसाथ समेटेर मनोरञ्जनको एक पुर्ण प्याकेजको रुपमा यस्तो कार्यक्रम पहिलो पटक आयोजना भएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रमका सबै सहभागी तथा सहयोगीहरुप्रति उनले आभार प्रकट गरेका छन् । 

 

 

(तस्बिरहरु : यम गुरुङको फेसबुकबाट)


थप समाचार

क्रेनको ठक्करबाट नायब सुब्बाको निधन

  • 6 minutes ago
क्रेनको ठक्करबाट नायब सुब्बाको निधन

पशुपतिनगर । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ । इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सु

टेकोको भरमा साततले दरबार, विस्तारै खस्दै

  • 14 minutes ago
टेकोको भरमा साततले दरबार, विस्तारै खस्दै

नुवाकोट । देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मे

संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

  • 39 minutes ago
संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

क्यानबेरा । नेपाली दूतावास क्यानबेराले विशेष कार्यक्रमको आयोजना गरेर संविधान दिवस २०७५ मनाएको छ ।अस्ट्रेलियाको राजधानी क्यानवेरामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी अष्ट्रेलियाको अध्यगमन, नागरिकता तथ



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।